फुटवल खेल्ने युवाहरु सामाजिक कार्यमा

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । फुटवल खेल्नका लागि बनाइएको संस्था बिहानी फुटवल क्लवमा आवद्ध युवाहरु अहिले सामाजिक कार्यमा जुटेका छन् ।

सामान्य कामका लागि पनि अरुको मुख ताक्ने परिपाटीको अन्त्यका लागि आफुहरु अहिले सामाजिक कार्यमा लागेको बिहानी फुटवल क्लवका अध्यक्ष रिपेश भुजेलले बताउनुभयो ।

ADVERTISEMENT

अध्यक्ष भुजेलले भन्नुभयो, “आफनो ठाउँ आफै बनाऔं अभियान हामीले संचालन गरि रहेका छौ, यो अभियान बिगत १३ हप्ताबाट संचालन हुदैछ ।” संस्थाले प्रत्येक हप्ता श्रमदान अभियान अन्तर्गत मन्दिर सरसफाई, बृक्षरोपण, सडक मर्मत, राष्ट्रिय झण्डा राख्ने जस्ता कार्य गर्दे आई रहेको छ भने अन्तर बिद्यालय स्तरीय फुटवल प्रतियोगिता समेत स्थानीय टुँडिखेलमा संचालन गरि सकेको छ ।

युवाहरुमा जुटेमा साना तिना कार्यका लागि बजेटनै नचाहिने संस्थाका सचिव बिकल श्रेष्ठको भनाई रहेको छ । सचिव श्रेष्ठले यो अभियान युवाहरुले जारी राख्ने बताउनुभयो । सानो काममा पनि बजेट नै चाहिने परिपाटीको बिकास भई रहेको छ, आफ्नो ठाउँका लागि आफुहरु पनि अग्रसर हुन सकेमा समाज परिवर्तन गर्न सकिन्छ, श्रेष्ठले भन्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज