काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग रु १,५०,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीको टोलीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उनीहरुलाई इनरुवा नगरपालिका वडा नं ३ मालपोत चोकबाट एक लाख पचास हजार घुससहित पक्राउ गरिएको र आवश्यक अनुसन्धान भइरहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता