नवलपरासी । पश्चिम नवलपरासीको रामग्राममा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम ७ उजेनीका ३५ वर्षिय जयप्रकाश यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एब सुचना अधिकारी रेशम बोहराले बताउनुभयो ।
आफ्नो घर अगाडि रहेको विजुलीको पोलमा बलेको बत्ती निभाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएपछि उपचारका लागि यादवलाई पृथ्वी चन्द्र जिल्ला अस्पतालमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको थियो ।
घटनाबारे थप अनुसन्धान भने भईरहेको प्रहरीले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता