खोटाङ । चाडपर्व लक्षित गर्दै खोटाङको दिक्तेलस्थित रत्नपार्क (जिरोप्वाइन्ट)र हलेसीस्थित ट्राफिक चोकमा यात्रु सहायताकक्ष स्थापना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा शुक्रबार स्थापना गरिएको दुबै यात्रु सहायताकक्षको प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले व्यानर वाचन गरेर उद्घाटन गर्नुभयो ।
चाडपर्वमा सवारी साधनहरुले बढी भाडा लिने, सवारी साधनको क्षमता भन्दा बढी यात्रु बोक्ने, संम्भावित दुर्घट्ना हुन नदिन, चालक, सह-चालकको स्वास्थ्य अवस्था तथा मादक पदार्थ र लागू पदार्थ सेवन गरे/नगरेको चेकजाँच गर्न यात्रु सहायताकक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक पुरुषोत्तम खड्काले बताउनुभयो ।
प्रनाउ खड्काले चालक सह-चालकको बोली व्यवहार शिष्ट र सभ्य हुनुपर्ने तथा यात्रुलाई गन्तब्य सम्म कुनै दुःख नदिई पुर्याउनु चालक सह-चालकको दायित्वहुने बताउनुभयो । त्यस क्रममा प्रहरी तथा ट्राफिक प्रहरीको आवश्यक परेमा सहयोग माग्न यातायात व्यवसायीलाई प्रनाउ खड्काले अनुरोध गर्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी सुनारले यातायातका साधनहरु सुरक्षित, व्यवस्थित, मर्यादित गर्न आग्रह गर्नुभयो । हिजोको जस्तो जाने भएजा, बस्ने भए बस, सिट छैन भन्ने खालका दुर्व्यवहारले आउँदै गरेको चाडपर्व र मनाउँदै गरेका सांस्कृति पर्वहरुलाई दुरुत्साहन गर्छ र नमिठो भावना लिएर फर्किनु पर्ने हुन्छ । त्यसैले सबैलाई सम्मान गर्न सिकौ । प्रजिअ सुनारले भन्नुभयाे, ‘भाडादर व्यवस्थित गरौं, लेखेर सबैले देख्ने ठाउँमा राखौ, ज्येष्ठ नागरिक, महिला, अपांग, बालबालिकालाई व्यवस्थित गरेर राखौ, सिट छैन भने अर्कोमा व्यवस्था गरौ ।’
आउँदै गरेका चाडपर्वलाई सुरक्षित, व्यवस्थित, मर्यादित, भव्य र उल्लासमय ढंगबाट सञ्चालन गर्नका लागि विभिन्न तह, तप्काका समुदायहरुले बर्दी बिनाको प्रहरीको रुपमा कामगर्न पनि प्रजिअ सुनारले आग्रह गर्नुभयो ।
विगतमा भएको भाडादर नै चाडपर्वमा पनि लागू गरिने खोटाङ यातायात प्रालिका महासचिव राम हिङमाङले बताउनुभयो । यद्यपी, यातायात व्यवसायीहरुले यात्रु तथा सर्वसाधारणले देख्नेगरी भाडादर भने राख्ने गरेका छैनन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts