काठमाडौं । गीतकार तथा निर्देशक तारा अधिकारीको नयाँ गीत ‘संयोग भन्दै पिरतीलाई...’ सार्वजनिक भएको छ । सत्यराज आचार्यको स्वर, किरण कँडेलको संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
गीतकार अधिकारीकै निर्देशन रहेको गीतको भिडियोमा सत्यराज आचार्यलाई फिचरिङ गरिएको छ । उहाँलाई लाइभ म्युजिकका साथमा गीत प्रस्तुत गरिराखेको देख्न सकिन्छ ।
शिव ढकालको छायांकन रहेको भिडियोमा नहकुल खड्काको सम्पादन छ । सुनौला तारा मोसन पिक्चर्स युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतकार अधिकारीले निर्देशन गरेको यो चौंथो भिडियो हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता