भोजपुर प्रहरीमा अव क्युआर कोडबाट गुनासो राख्न सकिने

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले गुनासो व्यवस्थापनको लागि ‘क्युआर कोड’ को प्रयोग सार्वजनिक गरेको छ ।

कोशी प्रदेश प्रहरीको क्युआर कोडको प्रयोग सम्बन्धी कार्यविधि–२०८० अनुसार भोजपुरमा पनि क्युआर कोड सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदिपराज पाठकलेभन्नुभयो, ‘प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढेको अवस्थामा प्रहरीलाई दक्षता अभिवृद्धि गरी प्रविधिमा अब्बल बनाउन ल्याईएको नयाँ प्रविधिले अपराध न्युनीकरणमा पनि सहयोग पुग्छ ।’ बिगतमा राख्ने गरिएको उजुरी पेटिकाको परिमार्जितरुपमा अहिलेको डिजिटल क्युआर कोड प्रयोगमा ल्याइएको हो ।

सेवाग्राहीहरूको हितलाई ध्यानमा राखी प्रहरीले प्रदान गर्ने सेवामा कुनै गुनासो, पिर मर्का कैफियत भएमा सिधै सिकायतका लागि क्युआर कोड प्रयोग गर्न सकिने प्रहरी प्रमुख डिएसपी पाठकको भनाई रहेको छ । क्युआर कोड मार्फत सेवाग्राहीले सम्बन्धित जिल्ला प्रहरी प्रमुख समक्ष आफ्नो भनाई, गुनासा र उजुरी गर्न सक्ने छन । अहिले आएको प्रविधिको प्रयोग प्रभावकारी भएकोले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश अन्तरगत रहेका सम्पूर्ण प्रहरी कार्यालयले प्रयोग गर्ने गरी कार्यान्वयनमा ल्याएको छ ।

ADVERTISEMENT

प्रदेश प्रहरी कार्यालयले क्युआर कोडको प्रभावकारिता र कार्यान्वयनको लागि अनुगमन गर्न प्रहरी अधिकृत सहित प्राविधिक टोली समेत खटाएको छ ।

नयाँ प्रबिधिको प्रभावकारीता हेरी यो सेवा जिल्ला प्रहरी कार्यालय मातहतका अन्य युनिटहरुमा समेत कार्यान्वयमा लागिने प्रहरीको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *