कार्यबाहक मेयर कार्कीद्वारा योगमायाको शालिक अनावरण

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । विराटनगर महानगरपालिका वडा नम्वर २, सोमबारेमा राष्ट्रिय विभूति योगमायाको अर्धकदको शालिक स्थापना गरिएको छ ।
विराटनगर महानगरपालिकाका कार्यबाहक मेयर शिल्पा निराला कार्कीले बिहिवार शालिकको अनावरण गर्नुभयो ।

सोक्रममा राणा शासनकालमा देशमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, जातीय भेदभाव, छुवाछुत, नारी माथि हुने अन्याय, शोषण, सामन्तवाद, सतिप्रथा जस्ता विकृति र विसंगति विरुद्ध आवाज उठाउने योगमायाको योगदान महत्वपूर्ण रहेको कार्यबाहक मेयर कार्कीले बताउनुभयो । उहाँले योगमाया नारी जागरणको अभियन्ता मात्रै नभएर आदर्श समेत भएको उल्लेख गर्नुभयो ।

ADVERTISEMENT

कार्यक्रममा कार्यबाहक मेयर कार्कीले योगमायाले परिकल्पना गरेको समाज अझै निर्माण हुन नसकेको बताउनुभयो । उहाँले अझै पनि समाजमा लैंगिक, जातीय लगायतका विभेदहरु कायमै रहेको चर्चा गर्नुभयो । “योगमायाले परिकल्पना गरेको समाज अझै निर्माण हुन सकेको छैन,” कार्कीले भन्नुभयो, “हामी सबै मिलेर उहाँले सोचेको र परिकल्पना गरेको समाज निर्माण गर्नु जरुरी छ ।” वि.सं. १९९८ असार २१ गते हरिशयनी एकादशीका दिन सामाजिक अभियन्ता योगमाया सहित ६८ जना नारीहरुले अरुण नदीमा जलसमाधी लिएको इतिहास पाइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज