काठमाडौं । इराकको उत्तरी प्रान्त निनेभेको अल हम्दानिया शहरमा रहेको विवाह हलमा भएको आगलागीमा परी ११४ जनाको मृत्यु भएको छ । साथै २ सय बढी मानिस घाइते भएका छन् ।
प्रान्तीय राजधानी मोसुलबाट ३५ किलोमिटर दक्षिणपूर्वमा रहेको अल हम्दानिया शहरमा रहेको अल हैथम वेडिङ हलमा मंगलवार राति आगो लागेको थियो । आगोको कारण अझै पत्ता नलागेको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैफ अल बद्रले स्थिति नियन्त्रणमा रहेको र मन्त्रालयले घटनाको अनुसन्धान थालेको बताउनुभयो ।






