प्रधानमन्त्री प्रचण्ड आज कैलाश पर्बत दर्शन गर्न जाँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत दर्शन गर्नका लागि मानसरोवर जाँदैहुनुहुन्छ। चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री हिजो बुधवार तिब्बतको ल्हासा पुग्नुभएको थियो। अब ल्हासाबाट उहाँ मानसरोबर जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्ने र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

ADVERTISEMENT

भगवान शिवका वासस्थान मानिने कैलाश पर्वतको दर्शन र प्रसिद्द धार्मिक स्थल मानसरोवरको भ्रमणका लागि उनको साथमा परराष्ट मन्त्री एनपी साउँदसहित भ्रमण दलमा रहेका सदस्यहरू रहनुहुनेछ।

प्रधानमन्त्री दाहाल गत शनिवारदेखि चीनको औपचारिक भ्रमणमा हुनुहुन्छ । उहाँ राष्ट्र संघीय सभालाइ सम्बोधन गरेर चीनको भ्रमणमा निस्कनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज