रुमको स्लेटको प्रयोग बढ्दै : खानी व्यवस्थित रुपमा संचालनको माग

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुमको पाखा र जंगलभरी रहेका स्लेट ढुङ्गा खानीबाट निकालीएका स्लेटको माग बढ्दै गएपछि स्थानीय खुसी भएका छन् ।

घर छाउने ढुङ्गा, स्लेट र जडिबुटीको प्रचुर सम्भावना भएको म्याग्दीको रुम गाउँको शिरानमा रहेको जंगल र पाखोमा प्रशस्तै स्लेट खानी रहेका भए पनि सरोकारवाला निकायको वेवास्ताका कारण भिल्लाको देशमा मणिको नियति भोग्न बाध्य भएको छ ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं २ मा पर्ने रुम गाउँको सिरानमा रहेको डुडे लेकमा घर छाउनी ढुङ्गा,स्लेट र औषधीजन्य जडिबुटीको खानी नै भए पनि त्यबाट स्थानीय सरकारले पर्याप्त लाभ लिन भने सकेको छैन ।

गाउँको शिरानमा रहेको भीरालो पाखोमा विदेशबाट आयातित संगमरमर भन्दा पनि स्तरीय स्लेट ढुङ्गा खानी रहेको छ । सो ढुङ्गा खानीलाई व्यवस्थित रुपमा संचालन गर्ने हो भने स्थानीयले रोजगारी पाउनुका साथै गाउँपालिकालाई समेत मनग्गे आम्दानी हुने स्थानीय सन्तबहादुर पुनले बताउनुभयो ।

“यहाँको स्लेट र ढुङ्गा गुणस्तरका हिसाबले साह्रै उत्कृष्ट छ । प्रविधि र प्रशोधनको व्यवस्था हुन सक्ने हो भने अन्तराष्ट्रिय बजारमा समेत यहाँको स्लेट अब्बल ठहरिने सम्भावना रहेको छ” मालिका गाउँपालिका २ का वडाअध्यक्ष उदयकुमार बूढाथोकीले भन्नुभयो “यहाँको स्लेटलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउन लागिरहेका छौं,त्यसका लागि खानी तथा भूगर्भ विभागसंग छलफल पनि भइरहेको छ”उहाँले भन्नुभयो ।
रुमका विभिन्न ७ ठाउँमा स्लेट खानी रहेका छन् । त्यसबाहेक व्यक्तिगत जग्गा र पाखोमा समेत स्लेट खानी रहेका स्थानीय जगबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारी पाखोमा रहेका खानीबाट वडालाई अलिअलि आम्दानी हुने गरेको भएपनि ती खानीलाई व्यवस्थापन गर्न नसक्दा ठूलो राजस्व गुमेको छ ।

ADVERTISEMENT

रुम स्लेट र जडिबुटीका लागि महत्वपूर्ण ठाउँ भएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बजाले बताउनुभयो । यहाँ रहेका सम्पदाहरुको पहिचान र व्यवस्थापन गरी तिनीहरुलाई स्थानीय तहको आयसंग जोड्ने प्रयास भैरहेको उहाँले जानकारी दिनुभयो ।

केही वर्ष अघिसम्म म्याग्दी,पर्वत, बागलुङ,काँस्की,स्याङ्जा,अर्घाखाँची लगाएतका जिल्लाका विभिन्न गाउँहरुबाट यहाँका घर छाउने ढुङ्गाको माग आउने गर्दथ्यो । विसं २०६० देखि २०७८ सम्मको १८ वर्षको अवधीमा यहाँका ढुंगाको माग अलि कम भए पनि अहिले देशका विभिन्न ठाउँहरुबाट मार्वलका लागि माग हुन थालेको विगत ४० वर्षदेखि खानीबाट ढुङ्गा निकाल्दै आउनुभएका ७२ वर्षिय टेकबहादुर विकले बताउनुभयो ।

यहाँको स्लेट चिल्लो,कालो र बलियो समेत हुने हुँदा माग बढ्दै गएको स्थानीय शेरबहादुर पुनले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज