सर्लाहीका मुसहर महिलाले काठमाडौं पुगेर भने : हामीलाई गरिबीको दलदलमा फसाइयो

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 6 mins

सर्लाही । सर्लाही जिल्लामा बसोबास गर्ने सीमान्तकृत मुसहर समुदायको अबस्था अझै पनि दयनीय छ । देशको व्यवस्था फेरियो तर मुसहर समुदायको अबस्था भने फेरिन सकेको छैन ।

राज्यको ध्यान मुसहर समुदायमा अझै जान सकेको छैन । व्यवस्था फेरिएर घरघरमा सिंहदरबार भनेर स्थानीय सरकारलाई सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको छ । तर स्थानीय सरकारले समेत उनीहरुको हितमा काम गरेका छैनन् । मुसहर बस्तीका अझै पनि वालविवहा, बहुविवाह गर्ने प्रचलन कायमै छ । ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका यहाँमा मुसहर समुदायमा महाजनबाट ऋण लिने, उसैको घरमा कमारो बस्ने चलनको समेत अन्त्य भएको छैन । उनीहरुको आर्थिक अबस्था अझै कमजोर छ । झुपडीलाई बोराले बेरेर बस्नु पर्ने बाध्यकारी अबस्था रहेको छ ।

गाउँमा पिल्सिएर बसेका महिलाहरु राज्यलाई आफ्ना समस्या सुनाउन बुधबार राजधानी आएका छन् । साप नेपालले सञ्चालन गरेको नेपालमा स्थानीय सरकारमा लैङ्गिक उत्तरदायी सुशासन प्रर्वधन नामक परियोजनाले गरेको कामले आफ्ना अधिकारबारे सचेत बनेका महिलाहरु सरकारका प्रतिनिधिलाई समस्या सुनाउन राजधानी काठमाडौं आएका हुन् । यसको ताजोमाझो साप नेपालले मिलाइदिएको हो । राष्ट्रिय स्तरको सिकाई आदान प्रदान कार्यक्रममा महिलाले आफ्ना समस्या राख्ने र राज्यका जिम्मेवार प्रतिनिधिले त्यसको जवाफ दिने गरि व्यवस्था गरिएको साप नेपालका प्रादेशिक संयोजक जनक कार्कीले जानकारी दिनुभयो । मुसहर महिला सशक्तिकरण मञ्चमा अबद्ध महिलाहरुले चुनावका बेला भेट बैंकको रुपमा प्रयोग गर्ने नेताहरुले मुसहर समुदायलाई गरिवीको दलदलमा फसाएको आरोप लगाएका छन् । हरिपुरको मुसहर महिला सशक्तिरण मञ्चकी अध्यक्ष पल्टनिया माझीले स्थानीय स्तरका नेताहरु चुनावका बेला आश्वसन देखाउने र पदमा पुगेपछि फर्केर नहेर्ने गरेको बताउनु भयो । “हामीलाई गरिवीको दलदलमा फसाइयो” उनले भनिन “अहिले सम्म हामीलाई कसैले केही नगरेनन्” । उहाँले भारतीय नागरिकले सजिलै नागरिकता पाउँदा बर्षौ देखि यहाँ बस्दै आएका मुसहरलाई सरकारले नागरिकताबाट बन्चित गरेको बताउनु भयो ।

कार्यक्रममा मञ्चका अबद्ध उर्मिलादेवी माझी, सम्झावती माझी, रिता माझी, आशा माझीले मञ्चमा माइकको अगाडि निर्धक्क भएर आफ्ना समस्या पोखेका छन् ।

ADVERTISEMENT

कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका प्रमुख राजकुमार महतोले तराईका मुसहर समुदायको अबस्था दयनीय रहेको भन्दै उनीहरुलाई गरिवीको अध्यरोबाट मुक्त गर्ने जिम्मेवारी केन्द्र सरकारले लिनुपर्ने बताउनु यभो । कार्यक्रमका प्रमुख अतिथि महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार शाहले मुसहर समुदाय श्रमशोषणको चपेटमा परेको बताए । गाउँका धनी भनिनेहरुले श्रमशोषण गर्ने गरेका कारण मुसहर समुदायको जीवन स्तर उकासिन नसकेको उहाँको भनाई छ ।

कार्यक्रममा साप नेपालका कार्यकारी निर्देशक नरेन्द्र प्रसाद जोशीले राज्यबाट बन्चितिमा परेका मुसहर महिलाहरुको जीवन स्तर उकास्न परियोजना सुरु गरिएको बताउनु भयो । कार्यक्रममा साप नेपालका प्रादेशिक संयोजक जनक कार्कीले महाजनबाट ब्याज दरमा ऋण लिने चलन अन्त्य गर्न महाजनमुक्त सहकारी संस्था स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले मुसहर समुदायका ४०० बढी बालवालिकाको जन्मदर्ता गरी विद्यालय भर्ना गरिएको, बाल तथा बहुविवहा गर्ने चलनको अन्त्य गरिएको बताउनुय भयो । उहाँले मुसहर बस्तीमा रहेका अनेकौ समस्याको हल गर्दै महाजनकहाँ कमारो बस्ने बाध्यकारी अबस्थाको अन्त्य गर्न आयआर्जनको कामको सुरुवात गरिएको बताउनु भयो ।

साप नेपालकी अध्यक्ष गीता भट्टराईको अध्यक्षतामा कार्यक्रममा राष्ट्रिय सभाका सदस्य खालिद सिदगी, कानुन,न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदी, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय अध्यक्ष चण्डेश्वर सदा, राष्टिय महिला आयोगकी अध्यक्ष कमला पराजुली लगायतले मन्तब्य राखेका थिए । साप नेपालले हरिपुर नगरपालिका, बरथहवा नगरपालिका, चन्द्रनगर गाउँपालिका र बसबरिया गाउँपालिकाका मुसहर महिलाको जीवन स्तर उकास्न परियोजना सञ्चालन गरेको हो ।

चारपालिकामा ३२ वटा सशक्तिकरण मञ्चमा एक हजार ५०० महिलालाई आबद्ध गरि सशक्तिकरण र आयआर्जनको लागि कार्यक्रम सञ्चालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज