बारामा श्रृंखलाबद्ध हत्या बढ्यो, तीन दिनमा दुईको हत्या

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 5 mins

बारा । बारामा केही दिन यता हत्याको घटनामा वृद्धि भएको छ । सुरक्षा निगरानीमा भएको त्रुटीको कारण तीन दिनमा दुई जनाको हत्या भएको हो ।

पचरौता नगरपालिका-६ लक्ष्मीनिया स्थित रहेको पोखरी नजिक मंगलबार साँझ ६ बजे नेपाल भारत सीमा भन्दा ७ सय मीटर नेपाल तर्फ जिल्ला मोतिहारी, दर्पा थाना १ सुक्लहीया गाँउका रामपुकार सिंहको २२ वर्षीय छोरा अजित कुमार सिंहको गोली हानी हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्त प्रहरी नायब उपरिक्षक दधीराम न्यौपानेले बताउनुभयो ।

अजित कुमार सिह सँगै भारत विहार जिल्ला मोतिहारी दर्पा थाना १ सुक्लहीयाका २५ वर्षीय सुजित कुमार सिह, २४ वर्षीय चंचल पाण्डे, २२ वर्षीय मनिष कुमार सहनी र २० वर्षीय कामेश्वर सहनी दुई वटा अनटेस्ट मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए, प्रनाउ न्यौपानेले भन्नुभयो,‘ पचरौता नगरपालिका-६ लक्ष्मीनिया स्थित पोखरी नजिकमा पुगे पछि अजित सँगै एउटै मोटरसाइकलमा बसेका सुजित कुमार सिहले पछाडीबाट गोली प्रहार गरी सिहको हत्या गरेका थिए । हत्या गरेपछि उनीहरु अनटेष्ट मोटरसाइकलबाट फेरि भारत तर्फ भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो ।’

घटनास्थलबाट एक थान गोली र एक थान गोलीको खोका बरामद गरिएको छ, उहाँले भन्नुभयो,‘घटनास्थलको प्रारम्भिक अनुसन्धान पछि सिहको शव पोष्टमार्टमको लागि बीरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पतालमा पठाइएको उहाँले बताउनुभयो ।

यसैगरी पचरौता नगरपालिका १ मा पर्ने दशगजा क्षेत्रमा सोमबार बिहानै पूर्वसशस्त्र प्रहरी जवान ३४ वर्षीय अमरेशकुमार सिंहको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

घटनामा संलग्न भएको आशंकामा दुई जना भारतीय नागरिक सहित चार जनालाई अनुसन्धानका लागि बारा प्रहरीले पक्राउ गरेको छ ।

ADVERTISEMENT

पचरौता गाउँको दक्षिणर्तफ नेपाल भारत बीचको सीमानामा आइतबार राति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी सिंहको हत्या गरेर फालिएको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थियो ।

अनुसन्धानका क्रममा सिंहको हत्यामा संलग्न रहेको आरोपमा भारतीय नागरिक राहुल साह र सामलाल महतोलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

सिंहको हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक राहुल साहले दशगजाको नेपालतर्फ रक्सी पसल सञ्चालन गर्दै आएको र केही दिनपहिला सिंहसँग झगडासमेत भएको अनुसन्धानबाट खुलेको प्रनाउ न्यौपानेले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढमा मृतक सिंहले भारतीय नागरिक साह र महतोलाई विपक्षी बनाई निवेदन पनि दिएकामा सोमबार दुवै पक्षलाई छलफलका लागि बेलाएको भए पनि सुतिरहेको अवस्थामा घरमा गई मृतक सिंहलाई बोलाएर दशगाजातर्फ लगी धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका साह, महतो र मृतक सिंहबीच कैयौँ पल्ट रक्सीको विषयमा झै-झगडा भएको प्रहरीको भनाइ छ । घटनाका बारेमा सूक्ष्म ढङ्गले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न एकजना फरार रहेको प्रहरीले जनाएको छ । खुला सीमा रहेका कारण नेपालबाट कर्तव्य गरी भारततर्फ र भारतबाट कर्तव्य गरी नेपालतर्फ भागेर अपराधीहरु लुकीछिपी बस्ने गरेका उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?