आईटीएफ तेक्वान्दोको टेक्निकल सेमिनारले नयाँ टेक्निकल विधिबाट तेक्वान्दो खेल्नको लागि सहयोग पुग्ने अपेक्षा गरिएको संघका उपाध्यक्ष अजय बुढा मगरले बताउनुभयो ।
सो सेमिनारमा आईटिएभ तेक्वान्दो संघका नवनिर्वाचित केन्द्रीय महासचिव घमबहादुर थापा मगर आउनु हुनेभएको छ । उहाँले तेक्वान्दोको नयाँ टेक्निकल विधिहरु सिकाउनु हुनेछ ।
सेमिनारमा दुई सय तेक्वान्दो खेलाडीहरु सहभागी हुने आईटिएभ तेक्वान्दो संघ गुल्मीका अध्यक्ष वीरेन्द्र कुँवरले जानकारी दिनुभयो । आईटिएफ तेक्वान्दो संघ गुल्मीले यसअघि तेक्वान्दो खेलहरु खेलाउने र राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरका खेलमा खेलाडीलाई सहभागी गराउन सहयोग पुर्याएको छ ।






