बनेको तीन महिनामै सडक भत्किएपछि अनुगमन

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । बनेको तीन महिनामै कालोपत्रे भएको सडक भत्किएपछि सो बिषयमा सरोकारवाला निकायले चासो देखाएका छन् ।

लाखौ बजेट खर्चेर बनेको सडक तीन महिनामै भत्किए पछि स्थानीय आक्रोसित बनेको भोजपुर नगरपालिका वडा नम्वर ५ बोखिमका वडा सदस्य निरकुमार फुयलले बताउनुभयो । वडा सदस्य फुयलले भन्नुभयो, “सडक तोकिएको मापदण्ड अनुसार ठकेदार कम्पनीले बनाएको छैन, सरोकारवाला निकायहरुलाई यस बिषयमा जानकारी गराईएको छ ।” गुणस्तरीय सडक नबनेको बिषयमा निर्माण कम्पनीले पनि चासो देखाएको छैन । फुयालले लगायतको पहलमा सरोकारवाला निकायका प्रतिनिधीहरुलाई बोलाएर सडक अनुगमन समेत गराईएको छ ।

बनेको छोटो अवधीमा नै सडक भत्किएपछि जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राई, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, उद्योग बाणिज्य संघका अध्यक्ष कर्ण मोक्तान जनप्रतिनिधि, स्थानीयवासीसहितको टोलीले सडक अनुगमन गरेको छ । बोखिम-पिप्ले-खाल्डे-आहाले-दधिपुर-सल्लेनी सडक खण्डको साढे चार किलो मिटर सडक रौताहा-रामसागर विल्डर्स जेभीले निर्माण गरेको हो । सडक निर्माणका काम गुणस्तरीय नभएको अजाव स्थानीयले पटक पटक उठाउँदै आएको भए पनि कुनै सुनुवाई हुन नसकेको हो ।

सडकको अनुगमन गर्दा तोकिएको मापदण्ड अनुसार सडक बनेको नदेखिएको जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले बताउनुभयो । “हामीले सडकको अनुगमन गरियौ, तर निर्माण कम्पनीबाट लापरवाही भएको पाईएको छ, बनेको तीन महिनामा भत्किने कस्तो सडक हो ।”सडकका कारण आवतजावतमा समेत समस्या हुने देखिएको छ ।

ADVERTISEMENT

गुनासो आएपछि समन्वय प्रमुखसहित सडकको अनुगमन गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले मापदण्ड अनुसार निर्माण कार्य नभएको पाइएको बताउनुभयो । बनेको तीन महिनामा नै सडक भत्किएर, खाल्डाखुल्डी परेको छ । प्रजिअ घिमिरेले भन्नुभयो, “सडकका बिषयमा मैले सम्वन्धित कार्यालयलाई जानकारी गराएको छु, अन्य निकायहरुमा समेत सडकका बिषयमा समन्वय हुने छ ।”

सडकमा विच्छ्याएको सव बेसमा गुणस्तरहिन सामग्री प्रयोग गरेका कारण यो समस्या देखिएको स्थानीयको बुझाई रहेको छ । समस्या समाधानका बिषयमा समेत निर्माण कम्पनीबाट कुनै चासो नदेखाउदा आफुहरु झन आक्रोसित बन्न गएको स्थानीयहरुको भनाई रहेको छ । अनुगमनमा पुग्नु भएका उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले सडक निर्माणमा राज्य पैसाको चरम दुरुपयोग भएको बताउनुभयो । “नगरपालिका भित्रका सडकहरुमा समेत यस्तो लापरवाही हुने गरेको छ, अन्य ठाउँहरुको अवस्था के होला ।” अध्यक्ष मोक्तानले भन्नुभयो ।

गलत काम गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको स्थानीयवासीको माग रहेको छ । ग्रामिण सडक सञ्जाल सुधार आयोजना कार्यन्वयन इकाई झापा अन्तर्गत नेपाल सरकारको भ्याटसहित करिव साढे दश करोड लागतमा निर्माण भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज