स्वास्थ्य क्षेत्र सुधारका लागि आवश्यक पहल गर्ने : मन्त्री पोख्रेल

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 6 mins

कालीकोट । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्कबहादुर पोख्रेलले कालीकोट जिल्ला अस्पतालमा रहेका समस्याको समाधान गर्न आवश्यक पहल गर्ने बताउनु भएको छ ।

स्वास्थ्य क्षेत्रको समस्या बुझ्न तथा सरोकारवालाहरुसँग अन्तरक्रिया गर्नका लागि कालीकोट पुग्नुभएका मन्त्री पोख्रेलले कर्णाली प्रदेशका १० वटै जिल्लामा रहेका स्वास्थ्य संस्थालाई सामाजिक विकास मन्त्रालयबाट सक्दो सहयोग गरेर स्वास्थ्य क्षेत्र मजबुद बनाउने बताउनु भएको हो ।

सोमबार स्वास्थ्य प्रवद्र्धन सम्बन्धि पत्रकार तथा सरोकारवालासँको अन्तरक्रिया कार्यक्रममा मन्त्री पोख्रेलले कालीकोटको स्वास्थ्य क्षेत्रलाई सुधार उन्मुख बनाउन आवश्यकल पहल गरिनुका साथै बजेटको ब्यवस्थापन गरिने समेत बताउनुभयो ।

उहाँले कालीकोट लगायत कर्णालीका अन्य जिल्लामा पनि स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधानका लागि सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश प्रतिबद्ध रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “कर्णाली प्रदेशका १० वटै जिल्लामा रहेका अस्पतालसँगै अन्य भौतिक संरचनाको कामलाई तिब्रता दिनुका साथै निर्माण कार्यमा सहयोग गर्ने बताउनु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला अस्पताल कालीकोटका समस्या तथा चुनौतिका बारे छलफल गरिएको थियो । जिल्ला अस्पताल कालीकोटमा खानेपानीको अभाव, अस्पताल क्षेत्रलाई आवश्यक पर्ने जग्गा नहुनु, शव वाहनको ब्यवस्था नभएको, जिर्ण भवन भएको जस्ता समस्या रहेको डाक्टर संकेत विश्वकर्माले बताउनुभयो । भौगोलिक विकटताका कारण असहजता भएपनि बिरामीको उपचारमा कमी नगरेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डाक्टर विश्वकर्माले बताउनुभयो ।

ADVERTISEMENT

दक्ष जनशक्तिको माग, भौतिक संरचना निर्माण, आवश्यक मेसिन तथा अन्य सामाग्रीहरुको सहजता गरिदिन प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्क बहादुर पोख्रेलसँग आग्रह गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्क बहादुर पोख्रेललाई प्रश्न ? गर्दै पत्रकार तथा इन्सेक कालीकोट प्रतिनिधि कालीबहादुर मल्लले जिल्लामा एउटा गतिलो सेभ हाउस नहुँदा विभिन्न हिंसा पीडित महिला तथा लैङ्गिक हिंसामा परेका महिलाहरुले आत्महत्या जस्ता घटनाहरु गर्ने गरेकाले यसको थप ब्यवस्थापनका लागि सामाजिक मन्त्रालयले ब्यवस्थित सेभ हाउसको पहल गरिदिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कालीकोटका उपाध्यक्ष नमराज योगीले बिकट कर्णाली लाई राज्यले हेर्ने नजर फरक भए जस्तै कर्णाली प्रदेश सरकारले कालीकोटलाई हेर्ने नजरमा सौतेनि ब्यवहार देखिएको बताउनुभयो । आगामी दिनमा प्रदेश सरकारले उपर कर्णालीका जिल्लालाई हेर्ने नजरमा परिर्वतन आउन आवश्यक रहेको महासंघका उपाध्यक्ष योगीले प्रष्ट पार्नुभयो । उहाँले कालीकोट जस्तो जिल्लामा पनि स्वास्थ्य सेवा कार्यालय कालीकोटले विभिन्न चुनौति र समस्याका बाबजुद सेवा दिइरहेको बताउनुभयो ।

उपस्थित सरोकारवालाहरुले स्वास्थ्य क्षेत्रमा धेरै समस्या देखिदै आएकाले सुधार गर्नका लागि माथिल्लो निकायले आर्थिक, भौतिक तथा अन्य सहयोग गरिदिनु पर्ने माग राखेका थिए । स्वास्थ्य सेवा कार्यालय कालीकोटका डाक्टर संकेत विश्वकर्माको अध्यक्षता, कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्क बहादुर पोख्रेलको प्रमुख आथित्यता तथा मन्त्रालयका सचिव डाक्टर भोजराज काफ्लेको विशेष आथित्यतामा अन्तरक्रिया कार्यक्रम गरिउको थियो ।

कालीकोट जिल्लामै सरुवा रोग अस्पताल सञ्चालन गर्ने कर्णाली प्रदेश मन्त्रीपरिषदको सैद्धान्तिक निर्णय अनुसार मन्त्री पोख्रेल र सचिव काफ्ले लगाएत अन्य सरोकारवालहरुले सोमबार बिहान सरुवा रोग अस्पताल कालीकोटको अनुगमन समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज