छत्रकोट स्वास्थ्यमा उत्कृष्ट घोषणा

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका स्वास्थ्यमा उत्कृष्ट घोषणा भएको छ । दुई नगरपालिका र दश गाउँपालिका गरि १२ स्थानीय तहमध्ये छत्रकोट गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट गाउँपालिका घोषणा भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले छत्रकोटलाई जिल्लाको उत्कृष्ट गाउँपालिका घोषणा गरेको हो । स्वास्थ्य सम्बन्धि जिल्लास्तरीय समिक्षा गोष्ठीमा गत आर्थिक वर्ष २०७९/०८० मा स्वास्थ्य सम्बन्धि प्रगति मुल्यांकनमा ९१.५६ नम्बर लिएको देखाउँदै जिल्ला जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले उत्कृष्ट घोषणा गर्नुभयो ।

गत आर्थिक वर्षमा जिल्लाका वडा स्तरीय स्वास्थ्य संस्थाहरुमध्ये गुल्मीदरबार गाउँपालिका-४ को बिरबास स्वास्थ्य चौकी उत्कृष्ट स्वास्थ्य चौकी र जिल्लाभरका स्वास्थ्यकर्मीहरु मध्ये नेत्रप्रसाद पन्थी उत्कृष्ट कर्मचारी रहेको उहाँले घोषणा गर्नुभयो ।

ADVERTISEMENT

उत्कृष्ट गाउँपालिका, वडा र कर्मचारी घोषणासंगै कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्रीले छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, उपाध्यक्ष साबित्रा ज्ञवाली, स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेल, सिनियर अहेव सपना टण्डन, गुल्मीदरवारका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद अर्याल, बिरबास स्वास्थ्य चौकी प्रमुख इन्दु घर्ति मगर र उत्कृष्ट कर्मचारी नेत्रप्रसाद पन्थीलाई सम्मान गर्नुभयो ।

१२ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख र प्रतिनिधिहरुले आ-आफ्नो पालिकाको बार्षिक प्रतिवेदन पेश गरेका थिए । जनस्वास्थ्य अधिकृत आचार्यले जिल्लाभरको प्रतिवेदन प्रस्तुत गर्दै कतिपय बिषय सन्तोजन रहेको र कतिपय सच्चाउन पर्ने बिषयमा शाखा प्रमुखहरुलाई सजग गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज