झुलाघाट नाकाबाट आज आवागमन बन्द, पुल मर्मत गरिदै

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । नेपाल-भारत सीमा झुलाघाट नाकामा सोमबार आवागमन बन्द भएको छ । भारतीय पक्षले झुलाघाट नाका स्थित झोलंगे पुलको मर्मत कार्य गरीरहेकाले आज बिहान देखी आवागमन बन्द रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।

आज बिहान ८ः ४५ बजेदेखी दिउँसो १ः १५ बजे सम्म र दिउँसो २ बजेदेखी अपरान्ह ४ः १५ बजे सम्म आवागमन बन्द रहने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेकाले एकदिनका लागि पुलमा आवागमन बन्द गरिएको हो ।

ADVERTISEMENT

यसअघि पुल मर्मतका बिषयमा दुवै पक्षका अधिकारीहरुबीच सहमति भएको थियो । सीमाक्षेत्रमा नेपाल-भारत समन्वय बैठक बसेको बेला पुल मर्मत गर्ने बिषयमा समेत छलफल भएको थियो ।

झुलाघाट नाकामा इष्ट इण्डिया कम्पनीले करीब डेढ सय बर्ष अगाडि निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत गर्ने गरिएको छ । पुल जीर्ण भएकाले बेलाबेलामा मर्मत गर्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी पन्थीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?