धनगढी उपमहानगरपालिकाले पठायो १९० जेष्ठ नागरिकलाई मुक्तिनाथ तीर्थयात्रामा

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । धनगढी उपमहानगरपालिकाले जीवनभर घरधन्दामै सिमित रहने जेष्ठ नागरिकलाई मुक्तिनाथ तीर्थयात्रामा पठाएको छ ।

धनगढी उपमहानगरपालिकाले आज (आईतबार) नगरका एक सय ९० जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ पठाएको हो । नगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला कुमारी राना लगायत जनप्रतिनिधिले टीका र खादा लगाएर जेष्ठ नागरिकलाई तीर्थयात्राका लागि कार्यालय प्रांगणबाट बिदाइ गर्नुभएको हो ।

धनगढीका ज्येष्ठ नागरिकहरु एक साताका लागि मुक्तिनाथ यात्रामा निस्किएका हुन् । ज्येष्ठ नागरिकलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छ भन्ने भावनाको विकास गर्नका लागि उनीहरुलाई तीर्थयात्रामा पठाइएको नगर प्रमुख हमालले बताउनु भयो । ‘स्थानीय तहले ज्येष्ठ नागरिकलाई गरेको यो एकप्रकारको सम्मान हो,’ मेयर हमालले भन्नुभयो, ‘उहाँहरूलाई पनि आफ्नो जीवनको उत्तरार्द्धमा स्थानीय सरकारले हे¥यो भन्ने हुन्छ ।
यसले धार्मिक पर्यटन प्रवर्द्धनमा पनि टेपा पुग्नेछ । ’नगरप्रमुख हमालले उपमहानगरले आफ्नो वार्षिक नीति तथा कार्यक्रममै ‘ज्येष्ठ नागरिकलाई तीर्थयात्रा’ कार्यक्रम समावेश गरेका थिए । आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनु भयो । उपमहानगरले पाँचवटा बस भाडामा लिएर वृद्धवृद्धालाई धार्मिक यात्रामा पठाएको हो ।

ADVERTISEMENT

प्रत्येक बसमा एक÷एक जना स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको छ । उपमहानगरले तीर्थयात्रामा गएका नागरिकलाई मुक्तिनाथसहित कागवेनी, पोखरा, देवघाट र नवलपरासीको कैवल्यधामको भ्रमण गराइने नगर उपप्रमुख कन्दकला कुमारी रानाले बताउनु भयो । उहाँले वृद्धवृद्धहरूको सम्मानमा उपमहानगरले हरेक वर्ष मुक्तिनाथ दर्शन गराउने बताउनु भयो ।

उहाँले विगतका बर्षमा ७० बर्षका कटेका ज्येष्ठ नागरिकलाई तिर्थ यात्रा गराउने गरेको भएपनि यषबर्षबाट धार्मीक अगुवालाई समेत समेटेको बताउनु भयो ।

यो वर्ष पाँचवटा एसी बसमा तीर्थालुहरूलाई मुक्तिनाथ तीर्थयात्रामा पठाइएको छ । तीर्थयात्री सबैलेलाई खादा, टीका र टेक्ने लौरोसमेत प्रदान गरिएको छ । यसअघि पनि धनगढी उपमहानगरपालिकाले एक सय २२ जेष्ठ नागरिकलाई मुक्तिनाथ यात्रामा पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज