भोजपुर । आगामी असोज १२ र १३ गते विराटनगरमा हुने प्रथम कोशी प्रदेश अधिवेशनका लागि नेकपा (एमाले) भोजपुरले सवै पालिकाहरुबाट सर्वसम्वत प्रतिनिधी चयन गरेको छ । एमालेले तोकिएको समयमा नै सवै स्थानीय तहहरुबाट गरी २७ जना प्रतिनिधि छनौट गरेको हो ।
प्रथम कोशी प्रदेश अधिवेशन लागि भोजपुरका दुई नगरपालिका र ७ वटै गाउँपालिकाहरुबाट सर्वसम्मत प्रतिनिधि छनौट भएको भोजपुर एमालेले जनाएको छ । जस अनुसार भोजपुर नगरपालिकाबाट गणेश श्रेष्ठ, भरत तामाङ, लक्ष्मण खड्का, निर्मला शेर्पा, समावेशी दलित दुर्गा रणपेहली, षडानन्द नगरपालिकाबाट सुरेन्द्र कुमार उदास, खडग पौडेल, मान बहादुर खत्री रोशन बस्नेत, मेरिका राई र लक्ष्मीकला राई (जिसि) प्रतिनिधिकारुपमा चयन हुनु भएको छ ।
यस्तै पालिका तर्फ साल्पासिलिछो गाउँपालिकाबाट खगेन्द्र राई र संगिता चौहान, अरुण गाउँपालिकाबाट शेर बहादुर श्रेष्ठ, कबिता राई प्रतिनिधिकारुपमा हुनुभयो । त्यस्तै पौवादुङमा गाउँपालिकाबाट ज्ञानेन्द्र राई र ज्योत्सना राई प्रतिनिधिकारुपमा चयन गरिएको एमालेले जानएको छ ।
यता टेम्केमयुङ गाउँपालिकाबाट ध्रुव राई, बिष्णु राई, रमा राई, रामप्रसाद राई गाउँपालिकाबाट प्रेम कार्की कमलादेबी राई, हतुवागढी गाउँपालिकाबाट धनहर्क राइर्, प्रेम कुमार राई, सजना परियार र आमचोक गाउँपालिकाबाट बहादुर राई, साईती राई प्रतिनिधि छनौट हुनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच