भारतको विदेशी मुद्रा सञ्चिति चार महिना यताकै न्युन

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । भारतको विदेशी मुद्रा सञ्चिति चार महिना यताकै न्युन बिन्दुमा झरेको छ ।

सेप्टेम्बर १५ मा समाप्त भएको सातामा भारतको विदेशी विनिमय सञ्चिति ८६० मिलियन अमेरिकी डलरले घटेर ५९३.०३७ अर्ब डलर पुगेको हो ।

ADVERTISEMENT

दक्षिण एशियाली मुलुकको विदेशी सञ्चिति घटेको यो लगातार दोस्रो साता हो । सेप्टेम्बर ८ मा विदेशी मुद्रा ४ अर्ब ९९ करोड डलरले घटेर ५९३.९० अर्ब डलर पुगेको थियो ।

विदेशी मुद्रा सञ्चितिको वर्तमान मूल्य चार महिनाकै न्युन रहेको बताइएको छ । विश्वव्यापी घटनाक्रमका कारण सञ्चिति घटेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज