धार्मिक सदभाव कायम गर्न राख्न राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको जोड
Read Time = 3 mins
नवलपरासी । पश्चिम नवलपरासीमा धार्मिक सद्भाव कायम राख्न राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले जोड दिनु भएको छ ।
नवलपरासीको परासीमा आज सबै धर्म सम्प्रदायहरु राष्ट्रिय एकता सम्मेलन सम्पन्न भएको छ । धार्मिक सदभाव तथा साहिष्णुता कायम गर्नको लागि राष्ट्रिय एकता सम्मेलन गरिएको हो ।
ओल्मा काउन्सिल नेपालका परासीको आयोजनामा सबै धार्मिक सदभाव कायम होस् भन्ने उदेश्यले राष्ट्रिय एकता सम्मेलन गरिएको ओल्मा काउन्सिल नेपालका साहिद गुलाब हुसेन मियाले बताउनु भयो ।
राष्ट्रिय एकता सम्मेलनलाई परासीमा सम्बोधन गदै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सीनाले धर्मको नाममा जाजजातिको नाममा द्धन्द नगरी सदभाव कायम गर्न राख्नुपर्ने बताएका छन । उहाले धर्मको नाममा कुनैपनि काटमार गर्न नहुने भन्दै धार्मिक सदभाव कायम गर्न अग्रह गर्नु भयो । उहाले नेपाल कृतिको हिबासले बगैचा हो ,धार्तिको स्वर्ग नेपाल नै हो बन्दै धेरै जातजाति भाषाभाषी मिलेर बसेको त्यसमा पनि हिमाल देखी तराईसम्म भूगोल रहेको जातजाति बिविधाता भाषाभाषी बिविधता भएको देशमा धर्मककोे नाममा र जातियको नाम सदभाव खल्बलाउने काम गर्न नहुने बन्दै धार्मिक सदभाव कायम गर्नुपर्नेमा जोड दिनु भयो ।
अध्यक्ष तिमिल्सिनाले शान्ति एकता र सबैको अस्तित्व स्वीकार्य गर्ने र नेपालको मौलिक संस्कृति रहेकोले बचाउनु पर्ने बताउनु भयो ।धर्मको नाममा कसैले धर्म परिर्वतन र जातजातिका नाम धर्म परिर्वतन गराउने गराउन नहुने बताए । सबै धार्मिक नाम जातजातिको नाममा सदभाव र सहिष्णता कायम गर्न जरुरी रहेको अध्यक्ष तिमिल्सिनाको भनाई छ ।
नेपालमा सबै प्रकृति बिविधता भएको देशमा धार्मिक सहिष्णुता एकता कायम गर्नुपर्छ । सबिधानमानै निरक्षेपता घोषण भएको बताउदै सबै धर्म अस्था अनुसार अगाडी बढनुपर्छ अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । गरिबीको कारण अशिक्षाको कारण मजबुरीको कारणले गर्दा धर्म परिवर्तन गराउन नहुने बताए । राष्ट्रिय एकता सम्मेलनमा हिन्दु धर्मका धर्म गुरु,ईसाई धर्मका गुरु र मुस्लिम धर्मका गुरुहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts