पत्रकार रावतलाई युवा पत्रकारिता पुरस्कार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । प्रेस काउन्सिल नेपालले यस बर्षको युवा पत्रकारिता पुरस्कार जुम्लाका पत्रकार विजय रावतलाई प्रदान गरेको छ । उहाँ हिमालय टाइम्सका जिल्ला सम्वाददाता समेत हुनुहुन्छ ।

सात बर्षदेखि जुम्लामा बसेर पत्रकारीता क्षेत्रमा सक्रिय रावतलाई प्रेस काउन्सिल नेपालले उक्त पुरस्कार प्रदान गरेको हो । प्रेस काउन्सिल नेपालको आफ्नो ५४औँ वार्षिक उत्सवका अवसरमा शनिबार सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा माननीय संचार तथा सुचना प्रविधिक मन्त्री रेखा शर्माबाट पत्रकार रावतले पुरस्कार पाउनु भएको छ ।

ADVERTISEMENT

रावत जुम्लाको पहिलो दैनिक पत्रिका कर्णाली सरोकार हुँदै हिमालय टाइम्स राष्ट्रिय दैनिक र राष्ट्रिय समाचार समिति जुम्ला संवाददाता कार्यरत हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघ जुम्ला शाखाका सदस्य हुदै महासंघका केन्द्रीय परिषद् सदस्य समेत हुनु हाे । तिला गाउँपालिका-१ रारामा जन्मनुभएकाे पत्रकार रावत प्रेस सेन्टर जुम्लाका अध्यक्ष समेत हाे । यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई प्रदान गरिएको छ ।

काउन्सिलले सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पत्रकार दमन राईलाई दिएको छ । प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारमा देशभरका १९ जना पत्रकारलाई प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज