मथुरामा दर्शन गर्न पुगेका दुई भक्तको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

मथुरा । राधा जन्मोत्सवमा राधारानी दर्शन गर्न आएका दुई भक्तको मृत्यु भएको छ ।

बरसानामा भएको सो दुर्घटनापछि त्रास छाएको छ । सीएम योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

शनिबार बिहान राधारानी मन्दिरमा अभिषेक गर्ने क्रममा दुई भक्तको मृत्यु भएको हो । प्राप्त जानकारी अनुसार सुदामा चोकको सिँढी नजिक भीडको दबाबले निसास्सिएर ७० वर्षीय भक्तको मृत्यु भएको हो भने प्रयागराज निवासी ६० वर्षीय भक्त राजमणि राधारानीको दर्शन गर्न परिवारसहित बरसाना पुगेको बेला उनको मृत्यु भएको हो । बिहान दर्शन गर्न जाँदै गर्दा अचानक उनको स्वास्थ्य बिग्रिएको थियो ।

ADVERTISEMENT

तर, डाक्टरले उपचार गर्नुअघि नै उनको मृत्यु भएको जनाए ।  राजमणिकी बहिनी शोभाले उनी मधुमेहबाट पीडित रहेको बताइन् । धर्मशालाबाट डाक्टर कहाँ लैजाँदै गर्दा बाटोमै राजमणिको ज्यान गयो ।

सीएससी इन्चार्ज मनोजले भने, 'भक्तलाई अस्पताल ल्याइएको थियो, उनको पहिले नै मृत्यु भइसकेको थियो।'  एक कटारा पार्क र अर्को धर्मशालामा रहेका दुबैको शव मथुरा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?