पहिचानको आन्दोलनमा प्रहरीले गरेको ज्यादतिप्रति गठबन्धनको भर्त्सना

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 7 mins

खोटाङ । कोशी प्रदेशका खानेपानी, सिंचाई, उर्जा तथा स्वास्थ्यमन्त्री तिलककुमार मेन्याङवोलाई पहिचान पक्षधर युवाले शान्तिपूर्ण विरोध स्वरुप कालो झण्डा देखाउने क्रममा भएको प्रहरी ज्यादति प्रति खोटाङका गठबन्धन घटक चार दलले भर्त्सना गरेको छ ।

गठबन्धन घटक दल नेपाली कांग्रेसका सभापति विष्णुकुमार राई, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक दिपक पाण्डे“आकाश”, जनता समाजवादी पार्टी अध्यक्ष पिके खम्बु र नेकपा एकीकृत समाजवादीका अध्यक्ष जलशेर राईले हस्ताक्षर गरी शुक्रबार जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा डिएसपी पुरुषोत्तम खड्का सम्मिलित प्रहरी टोलीले गरेको ज्यादतिको भर्त्सना गरेको हो ।

प्रदेश नं. १ पुनःनामाकरण संयुक्त संघर्ष समिति खोटाङ र संघर्ष समितिको युवा परिचालन समिति खोटाङको तर्फवाट मन्त्री मेन्याङवोलाई कालो झण्डा देखाएका निःशस्त्र आन्दोलनकारीहरुमाथि धरपकड गरी निर्घात कुटपिट गरेको घट्ना निन्दनीय छ । जिल्लाको शान्ति सुरक्षाको जिम्मा लिएका जिम्मेवार व्यक्ति स्वयंमले दिनदहाडै निःशस्त्र नागरिकमाथि लछारपछार गर्ने तथा लाठी चार्ज गर्ने कार्य निन्दनीय छ । विज्ञप्तिमा भनिएको छ ।

खोटाङ प्रहरी प्रमुखको जिम्मा लिएर आएको दुई दिनपनि नवित्दै डिएसपी खड्काको नेतृत्वमा गरिएको यस्ता किसिमको हर्कतले जिल्लामा शान्तिसुरक्षा कायमहुने कुरामा थप अविस्वास सिर्जना भएको जनाईएको छ । 'जिल्लामा हुने सबै किसिमको कार्यक्रमको शान्ति सुरक्षाको व्यवस्थापन गर्ने निकायका प्रमुख भएर आँफै अमर्यादित हिसाबले प्रस्तुतहुने सुरक्षाकर्मीका प्रमुख खड्काले सुरक्षाको प्रत्याभूति गराउन नसक्नु आफैमा दुःखद विषय हो ।' विज्ञप्तिमा भनिएको छ ।

आगामी दिनमा यस्तो कमजोरी नगर्न, नगराउन तथा आन्दोलनकारीलाई संयमता अपनाउन विज्ञप्ति मार्फत गठबन्धन दलले आग्रह गरेको छ ।बिहीबार बिहान जिल्ला अस्पताल अनुगमन तथा निरीक्षणपछि फर्किदै गरेका मन्त्री मेन्याङवोलाई पहिचान पक्षधरले अस्पतालको गेटमै कालो झण्डा देखाएपछि पहिचान पक्षधर र प्रहरीबिच झडप भएको थियो ।

झडपमा प्रहरीले आन्दोलनकारीलाई लछारपछार गर्दै लाठी चार्ज गरेको भिडियोमा देखिन्छ । सार्वजनिक भिडियोमा डिएसपी खड्का नै लाठी बोकेर आन्दोलनकारीलाई लखेटिरहेको देखिन्छ । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवरपरासीबाट २ असोजमा खोटाङ आउनुभएका प्रनाउ खड्का दुई दिनमै विवादमा तानिनुभएकाे हाे ।

डिएसपी खड्कासहित प्रहरी जवनामाथि कारबाहीको माग

ADVERTISEMENT

पहिचान पक्षधरले खोटाङका डिएसपी पुरुषोत्तम खड्कासहित प्रहरी जवानलाई कारबाहीको माग गरेको छ ।

कोशी प्रदेशका खानेपानी, सिंचाई, उर्जा तथा स्वास्थ्यमन्त्री तिलककुमार मेन्याङवोलाई बिहीबार बिहान जिल्ला अस्पताल गेटमा कालो झण्डा देखाउने क्रममा बल प्रयोग गरी सार्वजनिक स्थानमा आन्दोलनकारीलाई निर्घात कुटपीट गरेको भन्दै डिएसपी खड्कासहित प्रहरी जवानहरुलाई छानबिन गरी कारबाहीकाे माग गरेको हो ।

शुक्रबार प्रदेश नं. १ पुनःनामाङकन संयुक्त संघर्ष समिति संयोजक युगसन किरातले प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारलाई ज्ञापनपत्र बुझाउँदै नागरिकको शान्तिपूर्ण रुपमा आफ्नो धारणा राख्ने अधिकारमाथि जबरजस्ती बलप्रयोग गरी निर्घात कुटपीट गर्ने डिएसपीसहित प्रहरी जवानहरुमाथि यथासिघ्र छानविन गरी कारबाहीको माग गरेका हुन् ।

'मागलाई बेवास्ता गरिए हामी जस्तोसुकै आन्दोलनको तयारी गर्न बाध्य हुनेछौ । त्यसबाट उत्पन्न सबै परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय जवाफदेही हुने समेत सार्वजनिक गर्न चाहान्छौ ।' विज्ञप्तिमा भनिएको छ ।

केन्द्रीय संघर्ष समितिले तयार पारेको विरोधका सम्पूर्ण कार्यक्रम यथावत रहेको र उक्त कार्यक्रम अनुसार १ नम्बर प्रदेशको नामाङ्कन नभइन्जेलसम्म कोशीमा हष्ताक्षर गर्ने ८२ सांसदलाई खोटाङ जिल्ला प्रवेश नगर्न आग्रह गरिएको प्रदेश नं. १ पुनःनामाङकन संयुक्त संघर्ष समिति संयोजक किरातले बताउनुभयो । ज्ञापनपत्र बुझ्दै प्रजिअ सुनारले घटेको घट्नाले आन्दोलनकारीमा केही समस्या, अफ्ठयारा भएमा त्यसप्रति क्षमा माग्नु भएको छ ।

आदिम किरात इतिहास, सभ्यता, पहिचान र अस्तित्व नै नामेट गराउन राज्यले गरेको गम्भीर षडयन्त्र भएकाले यसको रक्षाको खातिर भईरहेको आन्दोलनलाई समर्थन गरी विभेदरहित समतामुलक समाज निर्माणका लागि सहयोग गर्न पहिचान पक्षधरले सबैलाई अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?