सर्लाही । सर्लाही प्रहरीले सिमा क्षेत्र वाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । सर्लाही सदरमुकाम मलंगवा नजिक भारतीय शिमावती क्षेत्र नजिक वाट सर्लाही प्रहरीले शुक्रवार राति प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हाे ।
५ जनाको समूहले टाउकामा बोकेर खोलाको बाटो भई भारतीय सीमा कट्नै लागेको अवस्थामा १ सय ६४ किलो गाँजा बरामद गरिएको हो ।
प्रहरीलाई देख्नेबित्तिकै भारतीय बजार सोनवर्षा जान उनीहरूले गाँजा छाडेर भागेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयाे । उहाँका अनुसार ६ वटा गाँजाको पोका बरामद गरिएको छ ।






