काठमाडौं । नेपाली चलचित्र प्राविधिक अनवर खानको निधन भएको छ । मधुमेह र रक्तचापबाट पीडित खानको ५५ वर्षको उमेरमा बुधबार बेलुका काठमाडौंको रातोपुलस्थित डेरामा निधन भएको हो ।
नेपाली चलचित्रका पहिलो क्रेन अपरेटर रहनुभएका खानले नेपालमा क्रेनमार्फत चलचित्र छायांकनको ट्रेन्ड सुरु गर्नुभएको थियो । करिअरमा एक सयभन्दा बढी चलचित्रमा काम गर्नुभएका उहाँको पहिलो नेपाली चलचित्र ‘ज्वाला’ थियो ।
मुम्बई घर भए पनि चार दशकदेखि उहाँ नेपाली चलचित्र उद्योगमा अनवरत क्रियाशील हुनुहुन्थ्यो । खानका श्रीमती, दुई छोरी र एक छोरा छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements