मुक्तक कृति ‘भित्र कतै दुखेपछि’ विमोचन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । साहित्यकार प्रकाशलाल श्रेष्ठको मुक्तक कृति ‘भित्र कतै दुखेपछि’ विमोचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा एक कार्यक्रमबीच साहित्यकार यादव खरेलले श्रेष्ठको मुक्तक कृति विमोचन गर्नुभएको हो ।

सो अवसरमा रामकाजी कोने, प्राडा.लक्ष्मणप्रसाद गौतम, ज्ञानुवाकर पौडेल, रुद्र ज्ञवाली, वसन्तलाल श्रेष्ठ, विष्णुबहादुर सिंह, यादव भट्टराईलगायतले कृतिका बारेमा आ-आफ्ना भनाइ राख्नुभएको थियो ।

ADVERTISEMENT

कार्यक्रममा स्रष्टाहरू कोने, पौडेल, श्रेष्ठ, भट्टराईसहित दिव्य गिरी, रुद्र ज्ञवाली, किशोर पहाडी, जसध्वज गुरुङ, विष्णुबहादुर सिंह, अनुराधा ढकाल, पार्वती भट्ट, निर्मलरमण पराजुली, विजयध्वज थापालगायतले मुक्तक वाचन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?