चन्द्र भण्डारीसहित ८ जना कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा ८ जनालाई मनोनीत गर्नुभएको छ ।

सभापति देउवाले कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीबार ८ जनालाई केन्द्रीय समितिमा मनोनित गर्नुभएको हो।

देउवाले गुल्मीका चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाईं, बागलुङका किरणराज शर्मा पौडेल, रूपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रूंगटालाई केन्द्रीय सदस्य मनोनीत गर्नुभएको हो ।

ADVERTISEMENT

०७८ मा भएको १४ औं महाधिवेशनबाट सभापतिमा देउवा निर्वाचित भएका थिए। विधानअनुसार महाधिवेशन भएको छ महिनाभित्र ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्ने हो। तर सभापति देउवाले १९ महिनापछि केन्द्रीय सदस्य मनोनीत गर्नुभएको हो ।

आज मनोनित हुनु भएको केन्द्रीय सदस्यमा भण्डारी, हुमागाई र शारदा पौडेल तीन जना संस्थापनइतर पक्ष र अन्य संस्थापन पक्षका हुनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज