संविधान दिवसको अवसरमा दीप प्रज्वलन

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 3 mins

सिन्धुली । नवौं संविधान दिवसको अवसरमा सिन्धुलीमा दीप प्रज्वलन गरिएको छ । जिल्ला समन्वय समितिको आयोजनामा बुधबार साँझ दीप प्रज्वलन गरिएको हो ।

जिल्ला समन्वय समिति, सिन्धुलीका प्रमुख कारसाङ लामाको अध्यक्षतामा भएको दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले संविधान बनाउने क्रममा सहिद भएकाहरुप्रति श्रद्धा–सुमन व्यक्त गदैँ संविधान पूर्णरुपमा कार्यान्वयन गर्ने दायित्व तीन तहको सरकार, नागरिक, राष्ट्रसेवक कर्मचारी सबैको भएको बताउनुभयो । संविधानको जगमा उभिएर ऐन, कानून निर्माण गर्ने कामहरु पुरा गर्न बाँकी नै रहेको उहाँले उल्लेख गर्नुभयो ।

‘हामी सबैका अधिकारहरु संविधानमा संस्थागत भएका छन् । संविधान निर्माण भएको ८ वर्ष भयो । हामीले अझै थुप्रै ऐन, कानूनहरु निर्माण गर्न बाँकी छ,’ उहाँले भन्नुभयो ।

आवश्यकताका आधारमा प्रदेश र स्थानीय सरकारले ऐन, कानूनहरु निर्माण गरिरहेका र संघमा आफुले पनि पहल गरिरहेको उहाँले सुनाउनुभयो । व्यवस्थामा समस्या नभएको बताउँदै संघिय लोकतान्त्रिक, गणतन्त्रात्मक व्यवस्था साच्चिकै उन्नत रहेको उहाँले धारणा राख्नुभयो । उहाँले थप्दै भन्नुभयो, ‘हाम्रो संविधान उन्नत छ, सबल छ, अब्बल छ । जनतालाई अधिकार सम्पन्न बनाउने, सुशासन, समृद्ध, न्यायको नेतृत्व गर्न कुनै कमी छैन ।’

ADVERTISEMENT

संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको उहाँको भनाई छ । तर, सोचे जसरी जनताको इच्छा, आकाङ्क्षा र राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व गदै सरकार सञ्चालनका लागि राज्य नेतृत्व प्रदान गर्ने प्रक्रियामा केही व्यवस्थापन र केही नेतृत्व क्षमतामा समस्याहरु तथा कमजोरीहरु भएकाले यसलाई सच्चाउनै पर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले प्रदेश सरकार, स्थानीय सरकार र राष्ट्रसेवक कर्मचारीहरुलाई आफ्नो जिम्मेवार र भूमिकामा इमान्दार भएर राष्ट्र र जनताको पक्षमा काम गर्न समेत आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा जिल्लाका आमनागरिक, जनप्रतिनिधिहरु र सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज