‘आफ्नो कर्तब्य र दायित्व पूरा गर्न जरुरी छ’

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । झुपडीमा बस्ने जनताले पनि महशुस हुने गरी आफनो कर्तब्य र दायित्व पुरा गर्न जरुरी रहेको संबिधान दिवसको अवसरमा भोजपुरमा आयोजित कार्यक्रमका सहभागिले बताउनु भएको छ ।

जनताका गाँस, बास र कपासको समस्यालाई समाधान गर्दै जनतालाई संबिधानको पूर्ण प्रत्याभुति दिलाउन सवैले आफनो कर्तब्य र दायित्व पूरा गर्नु पर्ने सहभागि बत्ताहरुको भनाई रहेको छ । जिल्ला समन्वय समितिले आयोजना गरेको संविधान दिवसको अवसरमा बोल्दै प्रदेश सभा सदस्य बिनोद बान्तवाले संबिधानको संरक्षण गर्दे अहिले पनि धैरै संकटहरु देखिएकाले ती संकटहरु समाधानमा पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य शिव बहादुर बस्नेतले राजनीति दलमाथि जनताले बिश्वास गरेको बताउँदै जनताको स्वाभिमान र स्वतन्त्रताका लागि आएको संबिधान जोगाउन सवैको दायित्व र कर्तब्य हुने बताउनुभयो ।

भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले जनतलाई देखाईएका आवश्वासनहरु पुरा गर्न सवै पक्ष लाग्नु पर्ने बताउनुभयो । राजनीति नाफाका लागि नगरिने भएकाले त्यसलाई सेवाकोरुपमा बुझनु पर्ने आलेको भनाई रहेको छ ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले परिवर्तनका लागि बिगतमा पनि थुप्रे संबिधानहरु आएको बताउँदै संबिधान देशको मुल कानुन भएकाले यही अनुसार अन्य आवश्यक र बिषयगत कानुनहरु निर्माण हुने बताउनुभयो । नागरिक समाजका संयोजक पर्शुराम तिवारीले नागरिकलाई संबिधानको प्रत्याभुति दिलाउन आवश्यक भएको बताउँदै नागरिकका अधिकार संरक्षण जरुरी रहेको बताउनुभयो ।

ADVERTISEMENT

जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ राईले सुशासनका लागि भष्ट्रचार नियन्त्रण जरुरी रहेको बताउँदै त्यस्ता कार्यमा संलग्न भएकाहरुको तीन पुस्तालाई नै कुनै अवसर प्रदान गर्न नहुने बताउनुभयो । ब]ण्डबाजा सहित सुरु भएको प्रभातफेरि बजार परिक्रममा पश्चात शहिदहरुको सालिकमा माल्यापर्ण सहित कोणसभामा परिणत भएको थियो ।

सो कार्यक्रममा प्रदेशसभा सांसद, राजनीतिक दलका नेता, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी, पत्रकार लगायतको सहभागिता थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज