भोजपुर । प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवा एवम् २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २६ औँ स्मृति दिवस भोजपुरमा पनि मनाइएको छ ।
नेपाल तरुण दलको आयोजनामा स्मृति दिवस मनाइएको हो । सोक्रममा बोल्नु हुदै कांग्रेस नेताहरुले काँग्रेसले गणेशमानको बाटो बिर्सन नहुने बताउँदै काँग्रेसको मुख्य हतियार भनेकै विचार, सिद्धान्त र आर्दश भएको बताउनु भयो । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणकारुपमा रहनु भएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनु भएको बत्ताहरुको धारणा रहेको छ ।
प्रदेश सांसद तथा पार्टी सभापति बिनोद बान्तवा, पूर्व सभापति नन्दमणी राई, महाधिवेशन प्रतिनिधी शिशिरा राई, हेमन्त राई, तरुण दल केन्द्रिय सदस्य जनक घले, प्रदेश कमिटि सदस्य निर्मला खडका, पार्टी उपसभापति गजेन्द्र बहादुर कार्की, क्षेत्रीय सभापति सरोज बस्नेत लगायतले नेपाली राजनीतिमा त्यागको उच्च नमूना गणेशकमाानले देखाएको बताउनु भयो ।
सोक्रममा तरण दलको केन्द्रिय सदस्य बन्नु भएकामध्ये समिर मोक्तान, जनक घले र नेबि संघका केन्द्रिय सदस्य कृष्ण बिकलाई सम्मान समेत गरिएको तरण दल जिल्ला अध्यक्ष ज्योती पौडेलले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts