संविधान संशोधन गर्न हतार गर्नु हुँदैन : अध्यक्ष ओली

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतार गर्न नहुने बताउनु भएको छ ।

पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा मंगलबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान संशोधन गर्न हतार गर्न नहुने बताएका हुन् । संविधान संशोधन गर्दा धेरै विषयमा विचार पु¥याउनुपर्ने उहाँको भनाइ छ ।

ADVERTISEMENT

दुईपटक संविधान संशोधन गरिसकेको भन्दै उहाँले संविधान संशोधनअघि अहिले आवश्यक छ कि छैन भनेर विचार गर्नुपर्ने बताउनु भयो ।

आवश्यक परेको अवस्थामा दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर व्यापक छलफलपछि मात्र संविधान संशोधन गर्नुपर्नेमा उहाँको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज