अप्राकृतिक गठबन्धन गर्न नहुने बताउँदै उहाँले पार्टीभित्र अवसरवादी, ठेकदार र माफियाहरू हाबी भएको तर्क व्यक्त गर्नुभयो। विचारबाट विचल्लित भईरहेको बेला यस्ता महत्त्वपूर्ण विचार गोष्ठीले सहि बाटोमा ल्याउने उल्लेख गर्नुभयो।
काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले गणेशमान र वीपीको विचार पार्टीमा हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। पार्टीमा पनि अराजकता र अवसरवाद चुनौतीको रूपमा रहेको बताउँदै सिंगो समाज नकारात्मकाले भरिदै गएको टिप्पणी गर्नुभयो। बलिदानी र संघर्षले भरिएको पार्टीमा इमानदारीताको खडेरी परिरहेको भन्दै उहाँले संस्कारबिहिन राजनीति अगाडि बढेको र अराजकता मौलाएको बताउनुभयो।
“पार्टीभित्र डिमाण्ड र बार्गेनिङमा मात्र उद्दत छ।” उहाले भन्नुभयो-“यस्तो अवस्थामा पार्टीलाई बचाउन त्यागी नेताहरूको आर्दशबाटो पछ्याउन जरुरी छ।” उहाँले सर्वोच्च तथा त्यागी नेता गणेशमानको स्मृतिमा गरिएको विचार गोष्ठीले त्याग र स्वाभिमानको राजनितीमा लाग्न प्रेरणा मिलोस भन्ने शुभकामना दिनुभयो।
काँग्रेस गुल्मीका उपसभापति अनन्तराम पौडेलले गणेशमान सिंह त्याग, समर्पण, नैतिकता र इमान्दारका प्रतिमुर्ति रहनुभएको बताउनुभयो। विचारमा दृढ गणेशमान एकताको प्रतिक भएको उल्लेख गर्दै संगठन विस्तार विपरीत व्यक्तिवादि प्रवृत्ति तिर जाने समस्या छ। पार्टी भन्दा म नै प्रमुख हुँ भन्ने लाभका लागि मात्रै केन्द्रीत हुने प्रवृत्तिलाई चिर्न जरुरी रहेको बताउनुभयो। सिमान्तकृतको विषय कतै पार्टीमा ओझेल परेको भन्दै राज्यको मुलधारमा आउन नसकेका सिमान्तकृत वर्गलाई राज्यको मुल धारमा ल्याउन जरुरी रहेको बताउनुभयो।
काँग्रेस गुल्मीका पूर्व सभापति त्रैलोक्यप्रताप सेनले गणेशमान सिंह र वीपीको विचार नभएको काँग्रेस भएको भन्दै अहिले सबैले उनीहरूलाई बिर्सिएको बताउनुभयो। काँग्रेसलाई बचाउनका लागि विचारलाई बिर्सेर होइन, उनीहरूका विचार अंगिकार गर्नुपर्ने उल्लेख गर्नुभयो।
काँग्रेस लुम्बिनी प्रदेश सदस्य बिष्णुकुमारी सापकोटाले देशैभरी काँग्रेसको संगठन कमजोर बन्दै गएको भन्दै सशक्त बनाएर लैजान आवश्यक रहेको बताउनुभयो। पार्टीभित्रका गलत प्रवृत्तिलाई हटाउँदै गणेशमान जस्ता त्यागी पुरूषको बाटोमा लैजान आवश्यक रहेको उल्लेख गर्नुभयो।
काँग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभाग सदस्य गुणानिधि शर्माले गणेशमानमा मुर्ख्याइ र ज्याद्रोपना प्रजातन्त्रसँग जोडिएको बताउनुभयो। वीर गणेशमान, लौह पुरूष गणेशमान , त्यागी गणेशमान र सर्वमान्य गणेशमानका रूपमा उहाँले चर्चा गर्नुभयो। प्रधानमन्त्री दिँदा समेत नलिने त्यागी गणेशमानको योगदान रहेको भन्दै पार्टीमा अहिले पदका लागि अवसरवादका पछि लाग्ने प्रवृत्ति देखिएकाले यसलाई चिर्न आवश्यक रहेको बताउनुभयो।
समावेशीले गुणात्मक प्रतिनिधि खोजे पनि राजनैतिक, विधि र विधानसम्बन्धी चेत नभएका प्रतिनिधित्व गराउन प्रश्न उठ्ने गरेको बताउनुभयो। राजनैतिक, सामाजिक, आर्थिक, प्रशासनिक समावेशी हुनुपर्छ भन्ने दिशामा अगाडि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो।
रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व क्याम्पसप्रमुख दीन पन्थीले समानताका लागि राजनीतिमा संघर्षका पर्याय गणेशमान भएको बताउनुभयो। “पदले गमक्क परेर कुर्सीमा बस्नु ठुलो कुरा होईन। गणेशमान पदले होइन कर्मले सर्वोच्च नेता कहलिएका हुन्।” उहाँले भन्नुभयो-“पार्टी विचारबाट चल्नुपर्छ स्वार्थले होईन, प्रजातन्त्र विचार मात्र होइन, आचार पनि हो।”
काँग्रेस गुल्मीका सचिव भगतसिहं खड्काले स्थानीय पालिकाका पाठ्यक्रममा गणेशमान, वीपी लगायतका त्यागी नेताहरूका जिवनीका विषयमा समावेश गर्ने सकिए राम्रो हुने बताउनुभयो।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts