धादिङमा एसिड प्रहार, दुई जना घाइते

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । धादिङको गजुरी गाउँपालिका–२, मलेखुमा सञ्चालित भद्रकाली सुनचाँदी पसलका सञ्चालक ३२ वर्षीय प्रविण विकले एसिड प्रहार गरेको छ ।
मादक पदार्थ सेवन गरी विवाद गर्ने दुईजना माथि मंगलबार बिहान एसिड प्रहार गरिएको प्रहरीले जनाएको छ ।

मापसे सेवन गरी बिकको पसलमा गएका व्यक्तिले विवाद गरेपछि एसिड प्रहार गरेका थिए ।

ADVERTISEMENT

एसिड प्रहारबाट धादिङकै बेनीघाट रोराङ गाउँपालिका–३ का १८ वर्षीय दिपेश क्षेत्री र ६३ वर्षीय डम्बरबहादुर पुलामी घाइते भएका छन् । एसिड प्रहार गर्ने विक बेनीघाट रोराङ–३ कै स्थानीयवासी हुन् । घाइतेहरूको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ । दिपेशको शरीरका विभिन्न भाग तथा डम्बरको अनुहार र शरीरमा एसिड प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सन्तुलालप्रसाद जैसवालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज