अपाङ्गता अधिकार अनुदान भन्दा पनि सिप र रोजगारीमा जोड

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । अपाङ्गता भएका व्यक्तिहरुको समाजमा पुर्नस्थापनाको लागि उनीहरुलाई अनुदान भन्दा पनि क्षमता विकास, सिप, रोजगारीमा विशेष जोड दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।

फेयरमेडको आर्थिक सहयोगमा ईन्द्रेणी, ग्रामिण विकास केन्द्र नेपालको अयोजनामा बुटवलमा भएको अपाङ्गता भएका व्यक्तिहरुको सवालमा जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले अपाङ्गता भएका व्यक्तिहरुको समस्या साझा समस्या भएको भन्दै सबै जनामिलेर समस्या समाधानका लागि लाग्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै जिल्ला संमन्ववय समिति रुपन्देहीका अधिकृत तुलसीराम भण्डारीले अपाङ्गता भएका व्यक्तिहरुले संविधान तह व्यवस्था गरिए अनुसारको अधिकार उपभोगका लागि कुनै पनि हिचकिचाहट गर्न नहुने बताउनु भयो । उहाँले संमन्वय समितिले स्थानिय पालिकासंग अपाङ्गता अधिकार, पैरवीका लागि भए गरेका कार्यक्रममा संमन्वकारी भूमिका निर्वाह गर्दै आएको भन्दै भन्डारीले संमन्वय अधिकारी मार्फत सम्वय प्रमुख संग यो विषयमा गम्भिरता पुर्वक छलफल गरिने बताउनु भयो ।

ADVERTISEMENT

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले अपाङ्गता अधिकार स्थापनाको लागि पैवरी, क्षमता विकास र संगठनका लागि महासंघ जहिले पनि तयार रहेको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय समितिका अनुशासन आयोग संयोजक पुर्व क्षेत्रीय उपाध्यक्ष देवीबहादुर पोखरेल, फेरमेडका टिम लिडर शशिलाल कर्ण, मन्जु पाण्डे, ईन्द्रेणी, ग्रामिण विकास केन्द्र नेपालका कार्यक्रम संयोजक किरण श्रेष्ठलगायतले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । ईन्द्रेणी, ग्रामिण विकास केन्द्र नेपालका उपाध्यक्ष चतना थापाको अध्यक्षतामा भएको कार्यक्रममा ईन्द्रेणीका कार्यकारी निर्देशक प्रदिप शाहलगायतको सहभागी रहेको कार्यक्रमको संञ्चालन किरण श्रेष्ठले गर्नु भएको थियो।

कार्यक्रममा रुपन्देहीमा अपाङ्गता क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय सदस्य तथा अपाङ्गता संमन्वय समितिका सदस्य सावित्रा घिमिरेले अपाङ्गताको अवस्थाका विविध विषयमा प्रकाश पार्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?