भोजपुर । तीजको अवसरमा भोजपुरमा नृत्य प्रतियोगिताको आयोजना गरिएको छ ।
सामुदायिक सेवा केन्द्र भोजपुरले नगरपालिकाको सहयोगमा सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा तिज बिशेष नृत्य प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगितामा ६ वटा समुहले भाग लिएका थिए । सो क्रममा भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले तिज पर्व संस्कार, संस्कृति जोगाउँदै सामाजिक सदभाव र एकता कायम राख्ने पर्व भएको उल्लेख गर्नु भयो ।
प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो हुने समुहले क्रमश १० हजार, ७ हजार र ५ हजार पाएका छन् ।
यता तिव पर्वकै अवसरमा भोजपुर नगरपालिकाको सभाहलमा आयोजक भोजपुर बितरक संघका अध्यक्ष शम्भु आचार्यको अध्यक्षतामा नगर प्रमुख कैलाश कुमार आलेको प्रमुख आतिथ्यमा शुभकामना आदन प्रदान तथा तिज नृत्य प्रतियोगिता संचालन भएको छ । सोक्रममा नगर प्रमुख आलेले शुभकामना दिदै सवै भाषा र जातीहरुका बिचमा सदभाव आवश्यक रहेको बताउनुभयो ।
प्रतियोगितामा बिभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts