रोटरी क्लब अफ रेसुंगा गुल्मीमा पदस्थापना तथा शपथ ग्रहण

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । रोटरी क्लब अफ रेसुंगा गुल्मीमा पदस्थापना तथा शपथ ग्रहण कार्यक्रम गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रोटरी क्लब अफ रेसुंगा गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा भव्य कार्यक्रमका बीच पदस्थापना तथा शपथ ग्रहण कार्यक्रम गरिएको हो ।

जसमा रोटरी क्लब अफ रेसुंगा गुल्मीलाई रोटरी क्लब अफ नेपालका पूर्व राष्ट्रिय अध्यक्ष चिन्तामणि भट्टराईले द्वारा हालै मात्र रोटरीको अन्तर्राष्ट्रिय कार्यालय अमेरिकाबाट मान्यता प्राप्त भएको सर्टिफिकेट हस्तान्तरण गर्नुभयो ।

सोही अवसरमा क्लबका अध्यक्ष हरिश्रेष्ठलाई प्रमुख अतिथि भट्टराईले सपथ गराउनुभएको थियो । भने गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष तथा रोटरी क्लब अफ रेसुंगा गुल्मीका उपाध्यक्ष सरोजकुमार थापा लगायतका पदाधिकारी एवम् सदस्यहरुलाई अध्यक्ष हरिकुमार श्रेष्ठले शपथ ग्रहण गराउनुभएको थियो ।

ADVERTISEMENT

पूर्व राष्ट्रिय अध्यक्ष राजिव पोखरेलको बिशेष आतिथ्यता रहेको कार्यक्रममा रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी, उपप्रमुख अमृतादेवि कुँवर, प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसी, रोटरी क्बल अफ लुम्बिनी सिद्धार्थ नगरका पूर्व अध्यक्ष तथा रेसुंगाका जिएसआर भोज खत्री, धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल, मालिका गाउँपालिकाका अध्यक्ष देविराम अर्याल, छिमेकी जिल्ला अर्घाखाचीको छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्याल सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

यस्तै स्पोन्सर क्लब लुम्बिनी सिद्धार्थ नगरका अध्यक्ष नारायण भण्डारी, रोटरी बुटवल डाउनटाउनका पूर्वअध्यक्ष भरत राना र रवि पोखरेल लगायतका रोटरीयन अतिथिहरु एवम् पत्रकारहरुको सहभािगता रहेको थियो । रोटरी क्लब अफ रेसुंगा गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठले थोरै पुजी जम्मा गरी दिनदुखीहरुको सहयोग गर्ने तथा समाजसेवामा प्रेरित गर्ने उद्देश्यले रोटरीको स्थापना गरिएको बताउनुभयो ।

आगामी दिनमा रोटरीले गुल्मीकबार गाउँपालिकामा स्वास्थ्य शिविर गर्ने, मालिकाको सिमलटारीमा रहेका धार्मिक संस्थाहरुलाई लत्ताकपडा वितरण गर्ने, अपाङ्गहरुलाई ह्लि चियर वितरण गर्ने योजना रहेको बताउनुभयो । यस अघि रोटरी क्लब रेसुंगा गुल्मीले जिल्लाको ऐतिहासिक तथा धार्मिक क्षेत्र रेसुंगामा वृक्षारोपण गरेको पनि जानकारी गराउनुभयो । रोटरी क्लब अफ रेसुंगा गुल्मीका उपाध्यक्ष डोरविक्रम श्रीसको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव सचिव भागिरथ भण्डारीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज