तानसेन खानेपानीको संशोधित विधान पारित

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 6 mins

पाल्पा । तानसेन खानेपानी उपभोक्ता समितिको संशोधित विधान पारित भएको छ । तानसेनमा भएको उपभोक्ता तदर्थ समितिको विशेष साधारण सभाले संशोधित विधान २०८० पारित गरेको हो ।

समितिको विधान २०६२ लाई समयानुकूल परिमार्जन तथा संशोधन गर्नु परेको भन्दै राधेश्याम ज्ञवालीको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिले विधान संशोधनको मस्यौदा साधारण सभामा पेश गरेको थियो । उक्त मौस्यौदा सभाले पारित गरेको हो ।

विधानमा केही नयाँ कुरा थपिनुको साथै प्राविधिक र शाब्दिक एवं भाषिक विषयलाई सच्याएर समृद्ध बनाइएको संयोजक ज्ञवालीले बताउनुुभयो । विधानलाई समय अनुकुल बनाएको उहाँले प्रष्ट पार्नुभयो । संशोधित विधानमा खुला निर्वाचन पद्धति अवलम्वन, समानुपातिक (महिला सहभागीता सुनिश्चित) सहभागिता, धारा जडान गरेका उपभोक्ताहरु साधारण सभामा प्रतिनिधिको रुपमा रहने, सदस्य भएको व्यक्ति समितिको जुनसुकै पदमा बस्न पाउने, वडातहमा २० जना बराबर एक प्रतिनिधि रहने व्यवस्था हटाई सबैलेलाई मतदानको अधिकार सुनिश्चित गरिएको, समितिमा न्यूनतम २५ लाख वा सो भन्दा माथि आर्थिक वा जिन्सी सहयोग गर्ने व्यक्ति वा संस्थालाई मानार्थ सदस्य दिने व्यवस्था गरिएको छ ।

यस्तै फौजदारी अभियोग प्रमाणित भई अदालतबाट दोषी ठहर भएमा, बसाईसराई गरी कार्यक्षेत्र छाडेमा, सदस्यता त्याग गरेमा समितिका पदाधिकारीहरुको पद नरहने व्यवस्था पनि संशोधन विधानमा उल्लेख छ । समितिको निर्वाचन गराउन आवश्यक र विधानलाई समय अनुकल बनाउन विधान संशोधन गरिएको समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘तानसेन नगर सरकारले हामीलाई आवश्यक विधान संशोधन गरेर तत्काल निर्वाचन गराउन र खानेपानी आपूर्तिलाई सहज बनाउन दिएको जिम्मेवारी अनुरुप अगाडि बढेका हौं ।’ सभामा उहाँले तानसेनको खानेपानीको अवस्थाका बारेमा जानकारी गराउँदै अहिले तदर्थ समिति निर्वाचन गराउन र पानी वितरणलाई सहज बनाउने काममा केन्द्रीत भएको बताउनुुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘हामीले मुहानमा खेर गइरहेको पानी व्यवस्थित गर्ने, टुट्फुट पाइपहरु मर्मत गर्ने, गेडबलहरु मर्मत सम्भार गर्ने, विद्युतमा देखिएको समस्या समाधानमा सम्बन्धित निकायसँग पहल गर्ने काम गर्दै आएका छौं ।’

ADVERTISEMENT

सभामा तानसेन नगरपालिकाकी उप्रमुख प्रतिक्षा सिंजालीले सहज खानेपानी पाउनु नागरिकको अधिकार भएकाले सोही अनुसार काम गर्न समितिलाई आग्रह गर्नुभयो । उहाँले संशोधित विधानलाई तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादव सिं कार्की, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाका प्रमुख आवेग हुसेन मियाँ ठकुराई, समितिका पूूर्व अध्यक्ष हरी रायमाझी, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, जेष्ठ नागरिक तथा ढाका उद्यमी पूर्णमाया महर्जन लगायतले तानसेनको खानेपानी व्यवस्थापनमा सबैले चासो र ध्यान जानुपर्ने बताउनुभयो ।

यस अघिको समितिले निर्वाचन पनि नगर्ने, समितिबाट पारित नियम पनि आफ्नै अनुकुलताको निर्माण गरेर अगाडि बढ्ने चेष्टा गरेपछि १३ असार २०८० को आम उपभोक्ताहरुको भेलाले विघटन गरी तानसेन नगर सरकारले यसको जिम्मा लिनुपर्ने निर्णय गरेको थियो । सो निर्णयको आधारमा नगरपालिकाकाले १९ असारमा श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति निर्माण गरी यथासक्य छिटो निर्वाचन गर्ने जिम्मेवारी तोकेको थियो । तदर्थ समिति बनेसँगै तानसेनमा खानेपानी सहज बन्दै गएको छ ।

सातदिनदेखि दश/पन्ध्र दिनमा आउने खानेपानी अहिले दुई/तीन दिन विराएर आउन थालेको छ । समितिले खानेपानीका मुहान व्यवस्थित गर्ने, टुटफुट भएका पाइपहरु मर्मत सम्भार गर्ने, विद्युत आपूर्तिका कारण देखिएको समस्या समाधान गर्ने, कर्मचारीहरुलाई वितरणमा सचेत गराउने जस्ता कामहरु गर्दै आएकाले खानेपानीमा केही सहज हुँदै गएको हो । वितरण प्रणाली नै व्यवस्थित नहुँदा तानसेनवासीले वर्षौदेखि खानेपानी समस्या झेल्दै आएका थिए । यस पटक तदर्थ समितिले भने अव्यवस्थित वितरण प्रणालीलाई व्यवस्थित बनाउने काममा सक्रिय भएर लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?