काठमाडौं । चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभमुहूर्त गरिएको छ । रामबाबु गुरुङको निर्देशनमा निर्माण हुनलागेको यो चलचित्रको शनिबार भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै शुभमुहूर्त गरिएको हो ।
शुभमुहूर्तमा निर्देशक गुरुङसहित चलचित्रका मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मा, विजय बराल, माओत्से गुरुङलगायतको उपस्थिति थियो । असोज ५ मा ओखलढुंगाको रुम्जाटारबाट छायांकन हुने यो चलचित्रले शैक्षिक बेरोजगारीले युवामा ल्याएको निराशाको कथा भन्ने निर्माणपक्षले जनाएको छ ।






