गुल्मी । गुल्मीको एक पालिकाले नागरिकसँग निःशुल्क जग्गा माग गरेको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिकाले त्यहाँका नागरिकसँग निःशुल्क जग्गा उपलब्ध गराउन सूचना जारी गरेको हो ।
गाउँ कार्यपालिकाको प्रशासकीय भवन निर्माण गर्ने प्रयोजनको लागि यस पालिकालको वडा नं–३ को म्यालपोखरीमा करिव १२–०–०–० क्षेत्रफलको जग्गा उपयुक्त रहेको हुँदा उक्त जग्गाको स्वीकृतिको लागि सट्टामा यहाँको जुनसुकै वडामा भएपनि सामुदायिक वनसँग जोडिएको करीव १२–०–०–० क्षेत्रफल भएको पाखो जग्गा आवश्यक परेको प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ ।
गाउँ कार्यपालिकाको गत साउन १७ गतेको निर्णय बमोजिम निःशुल्क जग्गा उपलब्ध गराउन ईच्छुक जग्गा धनीहरुले ७ (सात) दिन भित्र आफूले दिन चाहेको जग्गाको विवरण तथा स्थान खुलाई जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि सहित निवेदन पेश गर्न जारी सूचनामा भनिएको छ ।
जग्गा दाताबाट जग्गा प्राप्त भएमा गाउँपालिकाले जग्गा दातालाई उचित सम्मान गर्ने समेत जनाएको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts