ग्यास चुलो लिक भएर आगलागी हुँदा एकै घरका दुई जनाको मृत्यु

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । सल्यानमा ग्यास चुलो लिक भएर आगलागी हुँदा एकै घरका दुई जनाको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका वडा नम्बर २ धामिढुंगाका शुक बहादुर थापाको घरमा ग्याँसचुलोबाट सल्किएको आगलागीमा परि ३२ वर्षीया रेवती थापा र उहाँकी ९ महिने छोरी ऋतु थापाको मृत्यु भएको हो ।

ADVERTISEMENT

शुक्रबार साँझ खाना खाएर सुतेका उनिहरु बिहान अबेरसम्म नउठेपछि स्थानीयले ढोका खोलेर हेर्दा जलेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले बताउनुभयो ।

ग्याँस चुलोको आगोबाट सुतिरहेको बिस्तारामा आगो सल्किन गई जलेर उनिहरुको मृत्यु भएको उहाँको भनाई छ । अहिले घटनास्थलमा प्रहरी पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?