चितवन । धुर्मुस-सुन्तली फाउण्डेशनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको बाँकी निर्माणको काम महागनरले पूरा गर्ने बताउनुभएको हो ।
शुक्रबार नारायणी किनारमा भएको सरसफाइ तथा वृक्षरोपण कार्यक्रममा उहाँले जनस्तरबाट भएको चासो र चिन्तालाई आफूले मनन गरेको जनाउँदै उहाँले जसरी भए पनि रंगाशाला बनाउने बताउनुभयो ।
‘हामीलाई पटक–पटक जनस्तरबाट खबरदारी भएको छ, रंगशाला के हुँदै छ भन्ने आमरूपमा जनतामा चासो र चिन्ता छ, महानगर प्रमुखले अल्लि अस्ति नै बनाउने भन्नुभएको थियो निर्माणको काम कहाँ पुग्यो भन्ने जनतामा प्रश्न छ’, सामाजिक सञ्जालमा समेत पहिला बोलेका कुरा राखेर प्रश्न उठाउने गरिएको उहाँले बताउँदै भन्नुभयो, ‘म यही कार्यक्रममार्फत भन्न चाहन्छु गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्छ हाम्रै पालामा तपाइँहरू ढुक्क रहनुस् ।’
रंगशाला निर्माण पूरा गर्न ठूलो आकारको ऋण तिर्नुपर्ने भएको र सरकारले ऋण तिर्ने भन्ने पहिला कुनै सम्झौता नभएको हुँदा निर्माण प्रक्रिया अगाडि बढाउन मुस्किल भएको भन्दै महानगर प्रमुख दाहालले गत आर्थिक वर्षको अन्त्यमा नेपाल सरकारको १२ करोड बजेट आएको तर एक हप्ता पनि समय नहुँदा बजेट फिर्ता पठाइएको र छिट्टै त्यो बजेट पुनः आउने उहाँले आश्वासन दिनुभयो ।
रंगशाला निर्माणका लागि महानगरपाललिकालाई तत्कालै अबौं बजेट जुटाउन समस्या हुने हुँदा चरणबद्घ ढंगले काम अघि बढाउँदै र बनेका संरचना संरक्षण गर्दै लैजाने दाहालको भनाइ छ । उहाँले रंगशालालाई खेल्न लायक ठाउँ बनाउन महानगरपालिकाले विभिन्न प्रक्रिया पूरा गरी बागमती प्रदेश सरकारसँगको साझेदारीमा छिट्टै काम अघि बढाइने जानकारी दिनुभयो ।
राष्ट्रिय खेलकुद परिषद्को ११७औं बोर्ड बैठक विहिवार बसेको छ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूको अध्यक्षतामा बसेको बैठकले १९आंै एसियाली खेलकुदमा सहभागी हुने खेलाडीसहितको नेपाली टोलीको संख्या टुंगो लगाएको छ । २९ खेलका १२७ महिला र १२६ पुरुष गरी २५३ खेलाडीसहितको टोली टुंगो लगाएको हो । यस्तै बैठकले कर्मचारीको बढुवासम्बन्धी पदपूर्ति समितिले गरेको सिफारिश अनुमोदन गरेको छ । लामो समयदेखि रोकिएको बढुवा प्रक्रियालाई अघि बढाउने गरि अघिल्लो बोर्ड बैठकले पदपूर्ति समिति गठन गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच