स्वास्थ्यकर्मी नहुँदा डाँडागाउँ आधारभूत स्वास्थ्य इकाई केन्द्र बन्द

सुरेश धामी बझाङ, संवाददाता
सुरेश धामी बझाङ, संवाददाता
Read Time = 2 mins

बझाङ । बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ७ मा रहेको डाँडागाउँ आधारभूत स्वास्थ्य एकाई केन्द्र दुई महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । डाँडागाउँ आधारभूत स्वास्थ्य एकाई केन्द्रमा कार्यरत डाक्टर नारद प्रशाद जोशी दुई महिना पहिले खर्काबगड आधारभुत स्वास्थ्य एकाई केन्द्रमा नियुक्त भएपछि डाँडागाउँ आधारभूत स्वास्थ्य एकाई बन्द भएको हो ।

त्यस ठाउँका जनताका सहजताको लागि २०७७ सालमा १८ लाखको लगानीमा स्थापना भएको डाँडागाउँ आधारभूत स्वास्थ्य एकाई केन्द्र कर्मचारी र स्वास्थ्यकर्मी नहुँदा बन्द भएको स्थानीय बिरबहादुर भण्डारीले बताउनुभयाे । डाँडागाउँ आधारभूत स्वास्थ्य एकाई केन्द्र बन्द हुँदा लुंगाडा र डाँडागाउँ टोलका बासिन्दा मर्कामा परेका छन् ।

ADVERTISEMENT

डाडागाउँ र लुङ्गाडा टोलको सिमानामा डाँडागाउँ आधारभूत स्वास्थ्य एकाई केन्द्र स्थापना भएपछि खुशी भएका स्थानीय अहिले बन्द हुँदा समस्यामा परेका छन् । डाँडागाउँ आधारभूत स्वास्थ्य एकाई केन्द्र बन्द भएपछि सिटामोलकै लागी भए पनि यस ठाउँका स्थानीयलाई चार पाँच घण्टा पैदल हिडेर कफलसेरी स्वास्थ्य चौकी जानुपर्ने बाध्यता आएको अर्का स्थानीय भैरब बोहराले बताउनुभयाे ।

डाँडागाउँ आधारभूत स्वास्थ्य एकाई केन्द्र पुनः सञ्चालनका लागि वडा र नगर सरकारको ध्यान नगएको बोहराको भनाई छ । कर्मचारी र स्वास्थ्यकर्मी नहुँदा १८ लाखको भवन र स्वास्थ्य सामाग्री खेर जान थालेको स्थानीयको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज