बुटवल । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टी परित्याग गर्नु भएको छ ।
उहाँले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भन्नुभएको छ-‘आजबाट स्वतन्त्र बामपन्थी आहा क्या टाउको हलुङ्गो ।’
एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव समेत रहेका गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लाग्नु भएको थियो ।
उहाँ गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ बाट गठबन्धनको तर्फबाट उम्मेदवारसमेत बन्नु भएको थियो । तर निर्वाचन आयोगले उहाँको उम्मेदवारी खारेज गरिदिएको थियो । आफू तत्काल कुनै पार्टीमा जाने सोच नरहेको गुरुडले जानकारी दिनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता