साउथ एसिया कराँतेमा सुदीप प्रथम

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । साउथ एसियन कराँते प्रतियोगिता-२०८० मा बझाङका सुदीप कठायतले नेपाललाई प्रथम स्थान दिलाउनुभएको छ । भारतको चेन्नईमा सम्पन्न भएको कराँते कपमा नेपालका तर्फबाट खेल्नुभएका कठायत ५५ केजी तौलबाट प्रथम हुनुभएको हो ।

जापान कराँते डो कोशीकाई सितोरियो संघबाट नेपालको प्रतिनिधित्व गर्नुभएका कठायतले साउथ एसियन कराँते प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएको हो । अठार वर्षीय कठायतले फाइनल खेलमा ५५ केजी तौल समूहबाट प्रतिस्पर्धामा उत्रेको बंगलादेशलाई हराएर प्रथम स्थान हासिल गर्नुभएको हो ।

ADVERTISEMENT

समूहको फाइनलमा प्रथम नेपाल, दोस्रो बंगलादेश र तेस्रो भारत भएका छन् । कठायत बझाङको मष्टा गाउँपालिका-२ बाडेगाउँका स्थायी निवासी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?