लक्जेम्बर्गमाथि पोर्चुगलको सानदार जित

Read Time = 1 min

लण्डन । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो निलम्वित भएको खेलमा उहाँबिनै मैदानमा उत्रेको पोर्चुगलले युईएफए युरो छनोटअन्तर्गतको खेलमा लक्जेम्बर्गमाथि ९-० को सानदार जित निकालेको छ । पोर्चुगलको इस्ताडियो अलगार्भेमा भएको खेलमा पोर्चुगलले लक्जेम्बर्गविरुद्ध ठूलो अन्तरको जित निकालेको हो ।

पोर्चुगलको जितमा गोन्कालो रामोस, डिफेन्डर गोन्कालो इनासियो र डिएगो जोटाले समान २-२ गोल गर्नुभयो । जोआओ फेलिक्स, डिएगो होर्टा र बु्रनो फर्नान्डेजले समान १-१ गोल थप्नुभयो । रामोसले गत विश्वकपमा पनि रोनाल्डोकै स्थानमा खेलेर स्विट्जरल्याण्डविरुद्ध प्रि-क्वाटरफाइनलमा हृयाट्रिक गर्नुभएको थियो ।

ADVERTISEMENT

छनोटको समूह ‘जे’मा रहेको पोर्चुगलको छ खेलमा छ जितसहित १८ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको स्लोभाकियाको १३ अंक छ । स्लोभाकियाले गए राती नै लिक्टेन्स्टाइनलाई ३-० ले हराएको हो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?