भोजपुर । पहाडी जिल्ला भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा बुधवारबाट सुरु हुने १६ बर्ष मुनिकाहरुको अन्तर विद्यालय स्तरीय बिहानी कप फुटवलको तयारी सकिएको छ । आयोजक बिहानी फुटवल क्लवले मंगलवार पत्रकार सम्मेलन गर्दे तयारी सकिएको र प्रतियोगितामा १४ वटा विद्यालयको टिमले सहभागिता जनाउने जानकारी दिएको
हो ।
भोजपुर जिल्ला फुटवल संघको संयोजनमा हुने प्रतियोगितामा भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिका भित्रको गरी १४ विद्यालयले सहभागिता जनाउने फुटवल संघका जिल्ला प्रशिक्षक बिनम श्रेष्ठले बताउनुभयो ।
प्रतियोगितामा लक्ष्मी मावि आम्तेक, सिंहदेवी माबि हेलौछा, बिद्योदय माबि भोजपुर, युनिक एण्ड युनाइटेड पब्लिक एकाडेमी भोजपुर, सिद्धेश्वर मावि दावा, सिद्धकाली इङलिस बोर्डिङ स्कुल भोजपुर, जनसेवा आबि भोजपुर, भोजपुर एकेडेमी, अन्नपूर्ण बागधन रणदिपा मावि अन्नपूर्ण, जाल्पा मावि भैसिपंखा, पञ्चकन्या मावि बोखिम, सगरमाथा इङलिस बोर्डिङ स्कुल भोजपुर, यसोधरा मावि टक्सार र जनकल्याण मावि आम्तेकको टिमले सहभागिता जनाउने आयोजक बिहानी फुटवल क्लवका अध्यक्ष रिपेश भुजेलले बताउनुभयो ।
प्रतियोगितामा प्रथम र दोश्रो हुने टिमले नगद २० हजार, नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन । यस्तै बेष्ट गोलकिपर, बेष्ट डिफन्डर, बेष्ट मिडफिल्डर, उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको ब्यवस्था गरिएको आयोजक बिहानी फुटवल क्लवले जनाएको छ । प्रतियोगिता भाद्र २७ गते देखि ३० गतेसम्म संचालन हुने छ । बुधवार ६ वटा बिद्यालयका टिमहरु बीच प्रतिस्पर्धा हुने छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts