काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन प्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
हृदयघातका कारण सोमबार राती निधन हुनुभएका नेम्वाङलाई ‘हितैषी मित्र’को रुपमा स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्नुभएको हो ।
‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो,’ ओलीले स्मरण गर्नुभएको छ, ‘लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैं सम्झिरहने छौं।’
नेम्वाङको अप्रत्याशित निधनले स्तब्ध भएको जनाउँदै उहाँले भन्नुभएको छ, ‘मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली, उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts