जुम्ला । जुम्लाको सिंजामा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ।
सिंजा गाउँपालिका-६ रुघागाउँका अन्दाजी ३६ वर्षीय धनराम रोकायाको सोमबार दिउँसो १ बजेको समयमा रुखले च्यापेर मृत्यु भएको वडा सचिव दलबहादुर रोकायाले जानकारी दिनुभयो ।
सोमबार गाउँ नजिकैको जंगलमा रुख काट्ने क्रममा रुखले च्यापिदा उहाँ घाइते हुनुभएको थियो ।
घाइते धनरामलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सिंजा गाउँपालिका वडा सदस्य रामबहादुर रोकायाले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts