काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफनो भ्रमण छोटयाएर स्वदेश फर्कदै हुनुहुन्छ ।
हाल चीनको भ्रमणमा रहनुभएका एमाले महासचिव पोखरेलले पार्टी उपाध्यक्ष नेम्वाङको निधन पछि भ्रमण छोटाएर स्वदेश फर्कन लाग्नुभएको हो ।
‘नेकपा एमालेका उपाध्यक्ष कमरेड सुवास नेम्वाङको दुःखद खबरले हामी स्तब्ध छौं । यो असाध्यै दुःखद खबरपछि चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनमा भ्रमणमा रहनु भएको नेपाल कम्युनिष्ट पार्टी एमाले का महासचिव क. शंकर पोखरेल आफ्नो सम्पुर्ण पुर्व निर्धारित सम्पुर्ण कार्यक्रम रद्द गरेर आज नेपाल फर्किनु हुने भएको छ’ सो भ्रमण टोलीमा रहेका राजेश राईले भने, ‘आजै छिङ्हाईको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किनु हुनेछ । यसपछिको सम्पुर्ण कार्यक्रम रद्द भएको छ ।’ उहाँका अनुसार टिकट पाएको अवस्थामा भ्रमण दलको सबै सदस्य पनि फर्किने निर्णयसमेत भएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts